2026-07-01 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्धनमा आत्मनिर्भर हुन आफैले कोइलाबाट तेल र ग्यास बनाउने परियोजना सुरु गर्दै पाकिस्तान

वैशाख ७, काठमाडौँ | विश्व बजारमा तेलको बढ्दो मूल्यलाई ख्याल गर्दै पाकिस्तानको केन्द्र सरकारले कोइलाबाट ग्यास र तेलको उत्पादन गर्ने परियोजना सुरु गर्न लागेको छ। पाकिस्तान अहिले उसको उर्जा आवश्यकताका लागि आयातित तेल र ग्यासमा निर्भर छ । पाकिस्तानको कुल आयातमा २५ प्रतिशत हिस्सा ऊर्जासम्बन्धी स्रोतले ओगट्ने सरकारले तथ्याकंले देखाउँछ।

पाकिस्तान अब आफैले कोइलाबाट तेल र ग्यास उत्सर्जन गरेर खनिज इन्धनमा आत्मनिर्भर हुन चाहन्छ । कोइलालाई ग्यास र पेट्रोलमा बदल्ने परियोजनाबारे जानकार पाकिस्तानी अधिकारीका अनुसार यो परियोजना सन् २०२९–३० सम्म पुरा हुने बताए ।  पाकिस्तानको थार मरुभूमीमा विशाल कोइला भण्डार छ । सिन्ध एग्रो कोल माईनिङ कम्पनीले उपलब्ध गराएको एक प्रेजेन्टेसनका अनुसार थार मरुभूमि क्षेत्रमा १७५ अर्ब टन कोइलाको भण्डार छ। यो भने ५० अर्ब टन तेल बराबर हो, जुन साउदी अरब र इरानको संयुक्त तेल भण्डारभन्दा बढि हो। 

त्यस्तै थार मरुभूमिमुनीको काइला भण्डार २० हजार क्युबिक फिट ग्यास बराबर हो, जुन पाकिस्तानको अहिलेको ग्यास भण्डारभन्दा ६८ गुणाभन्दा बढि हो। तर पाकिस्तानको विडम्बना के छ भने, थार मरुभूमिमा विशाल परिमाणको प्रमाणित कोइला भण्डार हुदाँहुदै अहिले पाकिस्तानले उपयोग गर्ने अधिकाशं कोइला विदेशबाट आयात हुन्छ ।  

पाकिस्तानले अष्ट्रेलिया, दक्षिण अफ्रिकाका अतिरिक्त अफगानिस्तानसँग पनि कोइला आयात गर्छ। 

कसरी हुन्छ कोइलाबाट तेल र ग्यासको उत्पादन ?

उर्जा विशेषज्ञ तथा इनर्जी प्लानिङ कमिशन अफ पाकिस्तानका पूर्व सदस्य सैयद अख्तर अलीका अनुसार कोइलालाई उच्च दबाब दिएर आशिंक रुपमा जलाउदाँ मिथेन ग्यास उत्पादन हुन्छ । ​सिन्थेटिक ग्यास पनि भनिने यो मिथेन ग्यास झण्डै झण्डै प्राकृतिक ग्यास हाराहारी हुन्छ। यो ग्यासलाई वितरण पाईपलाईनमा हाल्नुअघि त्यसबाट सकिनेजति कार्बन डाईअक्साईड हटाएर केही सफा गरिन्छ। 

त्यस्तै यही प्रक्रियामा थप प्रशोधन गर्दा कोइलाबाट डिजल पनि बन्छ। सैयद अख्तर अलिका अनुसार कोइलाबाट ग्यास बनाउन हाल बजारमा ग्यास सिलिण्डरमा बेचिने 'लिक्युफाइड नेचुरल ग्यास(एलएनजी)'को मूल्य बराबर खर्च पर्न आउँछ । 

पाकिस्तानले एलएनजीको आयातको लागि १० डलर प्रति एमएमबीटीयूमा दीर्घकालिक सम्झौता गरेको छ। तथापि अहिले विश्व बजारमा ग्यासको मूल्य दस डलरभन्दा कैयौं गुणा बढि छ। 

पाकिस्तानले कोइलाबाट ग्यास तेल बनाउने कुराका लागि चीनबाट पाठ सिक्ने संकेत गरेको छ। चीनमा पहिलेदेखि कोइलाबाट तेल र ग्यासको उत्पादन भईरहेको सैयद अख्तर अलीले बताए। चीनबाहेक अन्य धेरै मुलुकमा कोइलाबाट तेल र ग्यास उत्पादन हुने अलीले जानकारी दिए।

अलीका अनुसार यस परियोजना अन्तरगत बन्ने पेट्रोकेमिकल संरचनामा तेल र ग्यास मात्र उत्पादन हुदैन, कृतिम मल पनि उत्पादन हुनेछ। 


इन्धनको प्रदूषित विकल्प

कोइलाबाट उत्पादन हुने तेल र ग्यासले पाकिस्तानलाई उर्जामा आत्मनिर्भर बनाउला तर यसको निर्माण गर्दा ठूलो परिमाणमा प्रदुषण उत्सर्जन हुन्छ। एक अनुसन्धानले एक मेट्रिक टन तेलको उत्पादनका लागि पाँच मेट्रिक टन कोइला प्रयोग हुने देखाएको छ। यस प्रक्रियामा पाँच भागको चार भाग कोइला जलेर कार्बनडाईअक्साईड लगायत अन्य हानिकारक ग्यासमा बदलिन्छ। 

त्यस अतिरिक्त परम्परागत तेल प्रशोधन केन्द्रको तुलनामा कोइलाबाट तेल प्रशोधन गर्ने केन्द्रमा तीन गुणा बढि पानी आवश्यक पर्छ। उत्पादन प्रक्रियामा मात्र यी इन्धनले उच्च प्रदुषण उत्सर्जन गर्ने होइन, कोइलाबाट बन्ने तेल प्रयोग गर्दा यसले अन्य स्रोतबाट बनेको तेलले भन्दा उच्च कार्बनडाईअक्साईड उत्सर्जन गर्छ। शोधका अनुसार कोइलाबाट उत्पादन भएको ग्यासले प्राकृतिक ग्यासले भन्दा सात गुणा बढि हानिकारक ग्यास उत्सर्जन गर्छ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध