2026-10-26 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्धनमा आत्मनिर्भर हुन आफैले कोइलाबाट तेल र ग्यास बनाउने परियोजना सुरु गर्दै पाकिस्तान

वैशाख ७, काठमाडौँ | विश्व बजारमा तेलको बढ्दो मूल्यलाई ख्याल गर्दै पाकिस्तानको केन्द्र सरकारले कोइलाबाट ग्यास र तेलको उत्पादन गर्ने परियोजना सुरु गर्न लागेको छ। पाकिस्तान अहिले उसको उर्जा आवश्यकताका लागि आयातित तेल र ग्यासमा निर्भर छ । पाकिस्तानको कुल आयातमा २५ प्रतिशत हिस्सा ऊर्जासम्बन्धी स्रोतले ओगट्ने सरकारले तथ्याकंले देखाउँछ।

पाकिस्तान अब आफैले कोइलाबाट तेल र ग्यास उत्सर्जन गरेर खनिज इन्धनमा आत्मनिर्भर हुन चाहन्छ । कोइलालाई ग्यास र पेट्रोलमा बदल्ने परियोजनाबारे जानकार पाकिस्तानी अधिकारीका अनुसार यो परियोजना सन् २०२९–३० सम्म पुरा हुने बताए ।  पाकिस्तानको थार मरुभूमीमा विशाल कोइला भण्डार छ । सिन्ध एग्रो कोल माईनिङ कम्पनीले उपलब्ध गराएको एक प्रेजेन्टेसनका अनुसार थार मरुभूमि क्षेत्रमा १७५ अर्ब टन कोइलाको भण्डार छ। यो भने ५० अर्ब टन तेल बराबर हो, जुन साउदी अरब र इरानको संयुक्त तेल भण्डारभन्दा बढि हो। 

त्यस्तै थार मरुभूमिमुनीको काइला भण्डार २० हजार क्युबिक फिट ग्यास बराबर हो, जुन पाकिस्तानको अहिलेको ग्यास भण्डारभन्दा ६८ गुणाभन्दा बढि हो। तर पाकिस्तानको विडम्बना के छ भने, थार मरुभूमिमा विशाल परिमाणको प्रमाणित कोइला भण्डार हुदाँहुदै अहिले पाकिस्तानले उपयोग गर्ने अधिकाशं कोइला विदेशबाट आयात हुन्छ ।  

पाकिस्तानले अष्ट्रेलिया, दक्षिण अफ्रिकाका अतिरिक्त अफगानिस्तानसँग पनि कोइला आयात गर्छ। 

कसरी हुन्छ कोइलाबाट तेल र ग्यासको उत्पादन ?

उर्जा विशेषज्ञ तथा इनर्जी प्लानिङ कमिशन अफ पाकिस्तानका पूर्व सदस्य सैयद अख्तर अलीका अनुसार कोइलालाई उच्च दबाब दिएर आशिंक रुपमा जलाउदाँ मिथेन ग्यास उत्पादन हुन्छ । ​सिन्थेटिक ग्यास पनि भनिने यो मिथेन ग्यास झण्डै झण्डै प्राकृतिक ग्यास हाराहारी हुन्छ। यो ग्यासलाई वितरण पाईपलाईनमा हाल्नुअघि त्यसबाट सकिनेजति कार्बन डाईअक्साईड हटाएर केही सफा गरिन्छ। 

त्यस्तै यही प्रक्रियामा थप प्रशोधन गर्दा कोइलाबाट डिजल पनि बन्छ। सैयद अख्तर अलिका अनुसार कोइलाबाट ग्यास बनाउन हाल बजारमा ग्यास सिलिण्डरमा बेचिने ‘लिक्युफाइड नेचुरल ग्यास(एलएनजी)’को मूल्य बराबर खर्च पर्न आउँछ । 

पाकिस्तानले एलएनजीको आयातको लागि १० डलर प्रति एमएमबीटीयूमा दीर्घकालिक सम्झौता गरेको छ। तथापि अहिले विश्व बजारमा ग्यासको मूल्य दस डलरभन्दा कैयौं गुणा बढि छ। 

पाकिस्तानले कोइलाबाट ग्यास तेल बनाउने कुराका लागि चीनबाट पाठ सिक्ने संकेत गरेको छ। चीनमा पहिलेदेखि कोइलाबाट तेल र ग्यासको उत्पादन भईरहेको सैयद अख्तर अलीले बताए। चीनबाहेक अन्य धेरै मुलुकमा कोइलाबाट तेल र ग्यास उत्पादन हुने अलीले जानकारी दिए।

अलीका अनुसार यस परियोजना अन्तरगत बन्ने पेट्रोकेमिकल संरचनामा तेल र ग्यास मात्र उत्पादन हुदैन, कृतिम मल पनि उत्पादन हुनेछ। 

इन्धनको प्रदूषित विकल्प

कोइलाबाट उत्पादन हुने तेल र ग्यासले पाकिस्तानलाई उर्जामा आत्मनिर्भर बनाउला तर यसको निर्माण गर्दा ठूलो परिमाणमा प्रदुषण उत्सर्जन हुन्छ। एक अनुसन्धानले एक मेट्रिक टन तेलको उत्पादनका लागि पाँच मेट्रिक टन कोइला प्रयोग हुने देखाएको छ। यस प्रक्रियामा पाँच भागको चार भाग कोइला जलेर कार्बनडाईअक्साईड लगायत अन्य हानिकारक ग्यासमा बदलिन्छ। 

त्यस अतिरिक्त परम्परागत तेल प्रशोधन केन्द्रको तुलनामा कोइलाबाट तेल प्रशोधन गर्ने केन्द्रमा तीन गुणा बढि पानी आवश्यक पर्छ। उत्पादन प्रक्रियामा मात्र यी इन्धनले उच्च प्रदुषण उत्सर्जन गर्ने होइन, कोइलाबाट बन्ने तेल प्रयोग गर्दा यसले अन्य स्रोतबाट बनेको तेलले भन्दा उच्च कार्बनडाईअक्साईड उत्सर्जन गर्छ। शोधका अनुसार कोइलाबाट उत्पादन भएको ग्यासले प्राकृतिक ग्यासले भन्दा सात गुणा बढि हानिकारक ग्यास उत्सर्जन गर्छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने