2026-09-29 03:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले ग-यो चिनियाँ नागरिकको पर्यटक भिसा रद्द

वैशाख ११, काठमाडौँ । भारतले चिनियाँ नागरिकको पर्यटक भिसा रद्द गरेको छ । अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्टअनुसार अन्तरराष्ट्रिय एयरलाइन्स संस्था आइएटीएले भारतको तर्फबाट चीनका नागरिकलाई जारी गरेको पर्यटक भिसा अब मान्य नभएको बताएको छ ।

यद्यपि, सरकारका शीर्ष अधिकारीले भारत अहिले पनि चिनियाँ नागरिकलाई व्यापार, रोजगार, कूटनीतिक र आधिकारिक भिसा दिइरहेको जानकारी दिएका छन् ।

चिनियाँ पर्यटकलाई भिसा नदिने भारतको निर्णय पनि चीनले कोभिडका कारण चीन छोडेर २० हजारभन्दा बढी भारतीय विद्यार्थीलाई चीन फर्कन नदिएको चीनको कदमपछि आएको पत्रिकाले लेखेको छ ।

चीनले थाइल्याण्ड, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीलाई फिर्ता गर्न अनुमति दिएको छ तर भारतीय विद्यार्थीलाई वेटिङमा राखेको छ । विदेशमन्त्री एय जयशंकरले पछिल्लो महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका बेला यो मुद्दा उठाएका थिए तर बेइजिङले अहिलेसम्म यसले जवाफ दिएको छैन ।

पत्रिका लेख्छ, ‘यूके र क्यानडा ती देशमध्ये हुन् जसका नागरिक ई–पर्यटक भिसामा भारत जान सक्दैनन् तर ती देशहरुमा भारतीय नियोगहरुले जारी गरेको नियमित कागजी भिसामा भारत आउन सक्छन् ।’

जापान र अमेरिकाका नागरिकलाई जारी गरिएको भिसा बाहेक १० वर्षको वैधता हुने भारतीय पर्यटक भिसा पनि अब मान्य छैन ।आइएटीए नियमित रुपमा अपडेट जारी गर्दछ ताकि एयरलाइन्सहरुले कुन देशका नागरिकहरुलाई कुन भिसामा उडान गर्न अनुमति दिइन्छ भनेर थाहा पाउन सकियोस् ।

अप्रिल १९ मा जारी गरिएको नयाँ आइएटीए अपडेट भारतमा केन्द्रित छ। यो ती देशहरूको बारेमा हो जसका नागरिकहरूले ई-टुरिस्ट भिसामा भारत जान सक्दैनन्। दुई वर्षभन्दा बढीको अन्तरालपछि भारतले मार्च २७ मा १५६ देशका लागि विद्युतीय पर्यटक भिसा सुविधा पुनर्स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै