2026-09-29 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रसंघका महासचिवप्रति जेलेन्स्की असन्तुष्ट

वैशाख ११, किभ । युक्रेन भ्रमणअघि रुसको भ्रमण गर्न खोजको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको आलोचना गरेका छन् । महासचिव गुटरेसले मंगलबार मस्कोको भ्रमण गर्दैछन् । मस्को भ्रमणका क्रममा गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नेछन् ।  

मस्को भ्रमणलगत्तै उनी युक्रेनको राजधानी किभ पुग्ने कार्यतालिका छ । युक्रेन भ्रमणका क्रममा महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् । युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । रुस र युक्रेन दुबै राष्ट्रसंघका संस्थापक सदस्यहरू हुन् । 

रुसले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।  युक्रेनमाथिको रुसी हमलामा २१३ बालबालिकाको मृत्यु भएको छ । हमलामा ३८९ जना घाइते भएका युक्रेनको महान्यायधिवक्ताको कार्यलयले जनाएको छ । 

यसैबीच, युरोपको सुरक्षा र सहयोग संगठनले पूर्वी युक्रेनमा हिरासतमा रहेका विशेष अनुगमन मिसनका सदस्यहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै