2026-09-29 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरिक्षमा मासु उत्पादनका लागि परीक्षण सुरु !

वैशाख १३, काठमाडौं | जेफ बेजोस र इलोन मस्क अन्तरिक्षलाई उपनिवेश बनाउन चाहन्छन् । नासा पनि मंगल ग्रहको धुलौटे सतहमा मानिसलाई पुर्याउन चाहन्छ । चन्द्रमा वा कुनै ग्रहमा बस्ती बसाउने मानिसको रहर हो भने त्यहाँ उनीहरूले के खालान ? चासाेकाे विषय छ ।

अन्तरिक्षमा बोटबिरुवा उमार्नका लागि थुप्रै प्रयोग र परीक्षणहरू भएका छन् । अनि गत साता अन्तरिक्षमा मासु उत्पादन गर्न सकिन्छ कि भनेर नयाँ परीक्षण सुरु भएको छ । मानव शरीरका लागि आवश्यक पोषणको स्रोत प्राप्तिका लागि यो सानो प्रारम्भिक अध्ययन हो । तर यसका परीक्षणकर्ताहरूले यो भविष्यको अन्तरिक्ष यात्राका लागि ठूलो कदम हुन सक्ने आशा व्यक्त गरेका छन् ।

कोषबाट मासु उत्पादन गर्ने विषयमा विज्ञ मानिएको इजरेली कम्पनी आलेफ फार्म्सले कल्पना गरेको यो परीक्षण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा निजी अन्तरिक्षयात्रीहरूको एउटा टोलीले गर्दै छ । केहीले यसरी मासु उत्पादन गर्नुभन्दा पृथ्वीबाटै लग्नु सहज हुने बताउँदै यो तरिका अन्तरिक्षयात्रीका लागि भरपर्दो नहुने तर्क गरेका छन् ।

कसरी होला मासु उत्पादन ?

कोशिकाबाट धेरै मात्रामा मासु उत्पादन गर्ने कार्य पृथ्वीमा पनि सहज छैन । आलेफ फार्म्स पृथ्वीमा यस्तो प्रयास गरिरहेका केही कम्पनीमध्ये एउटा हो र अन्तरिक्षमा परीक्षण गर्ने पहिलो हो । कुनै मासुको कोषलाई बढ्न आवश्यक अमिनो एसिड र कार्बोहाइड्रेटजस्ता वस्तु दिएर मांसपेशीजस्तो बनाइन्छ र त्यो हामीले खाने मासुजस्तै हुन्छ ।यस्तो मासु मदिरा कारखानाको जस्तो ट्यांकीमा उत्पादन गरिन्छ ।

यसरी मासु उत्पादन गर्दा जनावर पाल्दा उत्पादन हुने मिथेन ग्यास कम हुने हुनछ । यसले पर्यावरणमा पर्ने असरहरू कम हुने विज्ञहरूको विश्वास छ ।आलेफ फार्म्सका अन्तरिक्ष कार्यक्रम प्रमुख ज्भिका तामरीका अनुसार गुरुत्वाकर्षण नभएको स्थानमा यसरी मासु हुन्छ कि हुँदैन भन्ने वैज्ञानिकहरूलाई यकिन छैन । त्यसैले एप्रिल ८ का दिन चार अन्तरिक्षयात्री स्पेसएक्सको यानबाट पहिलो निजी अभियानमा अन्तरिक्षतिर प्रस्थान गर्दा उनीहरूले जुत्ताको बाकसजत्रो बट्टामा मासुको कोष र त्यसलाई बढाउन चाहिने आवश्यक अन्य सामग्री पनि बोकेका थिए ।

उनीहरू एप्रिल २४ मा फर्किन्छन् र त्यसपछि त्यो कोषलाई अध्ययन गरिने भएको छ । तर अन्तरिक्षमा मासु उत्पादन गर्ने परीक्षण सफल भए पनि त्यो राम्रो उपाय नहुन सक्ने केही वैज्ञानिकहरू दाबी गर्छन् । बजारमा किन यस्ता मासु पाइँदैन भन्ने कारणमा लियोनार्दो डी कार्पियोजस्ता मानिसहरूले यो उद्योगमा करोडौँ डलर खर्च गरेको भए पनि अहिलेसम्म यस्तो मासु ठूलो परिमाणमा उत्पादन गर्न सकिएको छैन ।

आलेफ फार्म्सले इजरेलमा रेस्टुराँहरूमा यस्तो मासुको परिकार बेच्नका लागि आवश्यक अनुमति कुरिरहेको छ । यो मासुले पृथ्वीमा पनि खान सुरक्षित वस्तुका रूपमा अनुमति पाएको छैन ।अन्तरिक्षमा थप समस्या पनि छन् । बर्केलेका रासायनिक इन्जिनियर डेभिड हम्बर्ड भन्छन्, ‘मासुका कोष बिस्तारै बढ्छन् ।

त्यसमा ब्याक्टेरिया पस्यो भने त्यो द्रुत गतिमा बढ्छ, अनि त्यो मासु रहँदैन, ब्याक्टेरिया हुन्छ र फ्याँक्नुपर्छ । ’ आलेफ फार्म्सले अन्तरिक्षमा धेरै मासु उत्पादन गर्न नपर्ने भएकोले यो समस्यालाई सजिलै निराकरण गर्न सकिने बताउँछ । तर कुनै ग्रहमा मानव समुदाय भएको ठाउँमा यस्तो मासुमा ब्याक्टेरिया पस्यो भने त्यो पृथ्वीमा खडेरी लागे जस्तै हुन्छ । आलेफ फार्म्सलका अनुसार अन्तरिक्षमा खानेकुरा लैजानु अत्यधिक महँगो पर्न जान्छ ।

नासाले सन् २००८ मा गरेको अनुमानअनुसार आधा किलो खानेकुरा पृथ्वीबाट अन्तरिक्ष पु¥याउन झन्डै सवा लाख रुपैयाँ खर्च लाग्छ । मंगलमा पु¥याउन त झन् धेरै लाग्छ । आलेफ फार्म्सले त्यहीँ मासु उत्पादन गर्न सकियो भने त्यो निकै सस्तो पर्छ । तर यहीबाट त्यसमा हाल्ने अन्य रसायनहरू लग्नुपर्दा त्यो खासै फरक नपर्ने हम्बर्ड बताउँछन् ।

परीक्षणमा मासु उत्पादन गर्न सकिने पत्ता लगाउनु र त्यो उत्पादन गर्नु बीच ठूलो खाडल पनि छ । अनि त्यो पृथ्वीबाट लग्नुभन्दा सस्तो र विश्वसनीय बनाउनु पनि गाह्रै छ । आलेफ फार्म्सको सपना ठूलो छ तर अहिलेका लागि उसको सङ्घर्ष पृथ्वीमै बेच्नका लागि यथेष्ट मात्रामा यस्तो मासु बनाउनु हो । यी खनिज जसका लागि भविष्यमा विभिन्न देशबीच चर्को प्रतिस्पर्धा हुन सक्छ । -बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै