2026-09-09 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ नागरिक पाकिस्तानमा किन मारिँदैछन् र कसले मारिरहेको छ ?

वैशाख १५, काठमाडौँ | चीनले पाकिस्तानको कराँची शहरमा तीन चिनियाँ नागरिकको हत्यामा कडा प्रतिक्रिया दिँदै यसका लागि जिम्मेवार व्यक्तिहरुलाई कडा सजाय दिनुपर्ने धारणा व्यक्त गरेको छ ।

पाकिस्तानको कराँची युनिभर्सिटी कनफ्युशियस सेन्टरमा गत मंगलबार भएको आत्मघाती हमलामा तीन चिनियाँ शिक्षकको मृत्यु भएको छ । यो बिस्फोटमा एक पाकिस्तानी ड्राइभरको पनि मृत्यु भएको  र अन्य घाइते भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले चिनियाँ दूतावास पुगेर यो हमलामा मृत्यु हुने चिनियाा नागरिकप्रति समवेदना जताएको छ ।

यसअघि उनले ट्वीट गरेका थिए, ‘कराँचीमा चिनियाँ नागरिक र अन्यको मृत्युले मलाई गहिरो पीडा दिएको छ । पीडित परिवारप्रति मेरो हार्दिक समवेदना । म आतंकवादको यो कायरतापूर्ण कारवाहीको निन्दा गर्छु । दोषीलाई निश्चित रुपमा न्यायको कठघरामा ल्याइनेछ ।’हमलापछि पाकिस्तान स्थित चिनियाँ दूतावासले पाकिस्तान सरकारले चिनियाँ नागरिकमाथि पुनः यस्तो व्यवहार नहोस् भनेर सुनिश्चित गर्नुपर्ने बताएको छ ।

तर पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाइएको यो पहिलो घटना भने होइन ।

– २६ अप्रिल, २०२२ मा कराँची आत्मघाती बम बिस्फोटमा तीन चिनियाँ नागरिकको मृत्यु

– १४ जुलाई, २०२१ मा खैबर पख्तुनख्वामा बम बिस्फोटमा १० चिनियाँ नागरिकको मृत्यु

– १४ जुलाई, २०२१ मा खैबर पख्तुनख्वामा बम बिस्फोटमा २६ चिनियाँ नागरिक घाइते भए ।

– २८ जुलाई, २०२१ मा कराँचीमा चिनियाँ नागरिकको गाडीमाथि गोली बर्साइयो ।

– ११ मे, २०१९ मा ग्वादरको पाँचतारे होटलमा चरमपन्थी हमला भयो जसमा चिनियाँ जनता बसेका थिए ।

– २३ नोभेम्बर, २०१८ मा चिनियाँ वाणिज्य दूतावासमा हमला, चार जनाको मृत्यु

– ११ अगस्ट, २०१८ मा दालबन्दिन, बलुचिस्तानमा भएको आत्मघातीमा तीन चिनियाँ इन्जिनियर घाइते भए

– फेब्रुअरी, २०१८ मा कराँचीमा दुई चिनियाँ नागरिकमाथि गोली चलाइयो, एक चिनियाँ नागरिकको टाउनकोमा गोली हानी हत्या

– मे, २०१७ मा क्वेटाबाट अपहरण गरेपछि चिनियाँ दम्पत्तिको हत्या

– जुलाई – २००७ मा पेशावरमा तीन चिनियाँ नागरिकको हत्या

कराँचीमा बम बिस्फोट कसरी भयो ?

पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाइएका घटना पछिल्ला केही वर्षमा बढेको छ ।

मंगलबार कराँची विश्वविद्यालयको कन्फ्यूशियस सेन्टर बाहिर जुन आत्मघाती बम बिस्फोट गराइयो, त्यसमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको छ ।

शिक्षकलाई लिएर जाँदै गरेको बस कन्फ्यूशियस सेन्टरतर्फ मोडिरहेको बेला उक्त हमला गरिएको हो ।

आत्मघाती बिस्फोटको सिसिटिभी फुटेज देखेपछि आत्मघाती हमलाकर्ता घटनास्थलमा पहिलेदेखि नै भएको र बस सेन्टरतर्फ मोड्नै लाग्दा महिलाले आफूलाई बिस्फोट गराइन् ।

यो बिस्फोटमा सेन्टरका नवनियुक्त निर्देशक एवं दुई शिक्षकको मृत्यु भएको छ । यसका साथै, भ्यानका पाकिस्तानी ड्राइभरको पनि बिस्फोटमा मृत्यु भयो ।

शारी बलोच उर्फ बरमशलाई बलोच लिबरेशन आर्मीकी आत्मघाती हमलाकर्ता बताइँदैछ ।

पाकिस्तानको पृथकतावादी संगठन बलूच लिबरेशन आर्मीकी मजिद ब्रिगेडले यो हमलाको जिम्मेवारी लिएको छ ।

संगठनका अनुसार यो हमलालाई शारी बलोच नामकी महिलाले गराएकी थिएन् र संगठनको तर्फबाट आत्मघाती बम बिस्फोट गराउने उनी नै पहिलो महिला थिइन् । बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो