2026-09-29 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढ्यो तेस्रो विश्वयुद्धको खतरा

वैशाख १६, काठमाडौं | संयुक्तराष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर युक्रेन पुगे । युक्रेनमा त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटिरहेकै बेला रुसले मध्य किभमा मिसाइल हमला गरेको छ ।

बिहिबार राष्ट्रसंघका महासचिव रहेको स्थान नजिकै भएको घटनालाई अर्थपूर्ण मानिएको छ । गुटेरेज रुस र युक्रेनबीच शान्ति सम्झौताको पहल गर्न सक्रिय भएका हुन् । उनी रुस पुग्नु अघि अमेरिकी अधिकारीहरुलाई भेटेर गएका थिए ।

यसैगरी, अमेरिकाले युक्रेनलाई दोस्रो विश्वयुद्धमा जस्तै युक्रेनमा हतियार दिन थालेको रुसले उल्लेख गरेको छ । रुसी टेलिभिजन आरटी टीभीले अमेरिकाले युक्रेनलाई दिन लागेको हतियारबारे कँग्रेसमा प्रस्ताव नै पारित गर्न लागेको उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले ३३ अर्ब डलर युक्रेनलाई थप सहयोग दिन खोजेका छन् ।

अमेरिकासहित नाटो देशहरुले युक्रेनलाई हतियार धमाधम दिइरहेका छन् । जर्मनीले पनि ट्यांकर दिन थालेको छ ।

यता रुसले बल्गेरिया र पोल्यान्डलाई ग्याँस बन्द गरिसकेको छ । उसले अन्य देशहरुमा पनि ग्याँस बन्द गर्न धम्की दिइरहेको छ । यसले यूरोपमा ठूलो संकटको खतरा बढेको छ ।

रुसमाथि अमेरिकासहित नाटो देशहरुले दबाब बढाउनु, हतियारको होडवाजी चल्नुले विश्वयुद्धको खतरा बढेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले विश्वयुद्धको खतरा नकार्न नसकिने बताइसकेका छन् । उनले अमेरिकालगायत पश्चिमा देशहरुले विश्वयुद्धतर्फ सँसारलाई धकेल्न खोजेको आरोप लगाइरहेका छन् । उनले आणविक हतियारको प्रयोगको पक्षमा आफूहरु नभएको तर वाध्य बनाइए नकार्न नसकिने बताएर तरंग ल्याइदिएका छन् ।

आणविक शक्ति सम्पन्न देशहरुले पछिल्लो घटनामा आफूलाई तयारी अवस्थामा राखेका छन् । रुसले त्यस्ता हतियार तयारी अवस्थामा राखिसकेको छ । यूरोपमा पनि खतरनाक हतियारहरु तयारी अवस्थामा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै