2026-10-26 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

वैशाख १८, कोलम्बो | आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि गरिएको हो । श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । आपूर्तिको लागि विदेशमा नै निर्भर गर्नुपर्ने बाध्यता छ । 

सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चार मन्त्री नालाका गोदाहेवाले भने ।

रुपैयाको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य बृद्धि नगरे गम्भीर अभाव हुन सक्ने उनले बताए । औषधि अभावले तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मी चिन्तित छन् । 

‘अवस्था निकै खराब छ । कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ । तर, अहिले मेरा ग्राहकले दुई/तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’, कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले भनिन् । 

उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरूका लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित छन् । मध्य रत्नपुरा जिल्लामा बस्ने वेलुपिल्लई विग्नेश्वरन विगत एक वर्षदेखि गम्भीर न्यूरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेका छन् । 

‘हामीले धेरै फार्मेसीहरू खोज्यौँ तर औषधिहरू उपलब्ध छैनन् । डाक्टरहरूले हामीलाई फरक औषधि नखान सल्लाह दिएका छन् ।  हामी हाम्रा साथीहरूमार्फत भारतबाट औषधि ल्याउँदै छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने