2026-09-29 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी विदेशमन्त्रीले हिटलरको जरा यहुदी भनेपछि रुसविरुद्ध उर्लियो इजरायल

वैशाख २०, काठमाडाैं | इजरायलले सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नाजी नेता एडोल्फ हिटलरको यहुदी जरा रहेको भन्ने किसिमले गरेको टिप्पणीको निन्दा गरेको छ। यति मात्रै नभएर इजरायलका लागि रुसी राजदूतलाई इजरायलका विदेशमन्त्री यायर ल्यापिडले ‘कडा वार्ता’का लागि बोलाएका छन् ।

ल्यापिडले वाईनेट समाचार वेबसाइटलाई भनेका छन्, ‘यो एक अक्षम्य, निन्दनीय कथन हो, एक भयानक ऐतिहासिक गल्ती हो, र हामी माफीको अपेक्षा गर्दछौँ।’

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई राष्ट्रपति भ्लादिमिर पुटिनले  असैनिकीकरण गर्नका लागि भएको विशेष सैन्य अभियान भनेको छ ।लाभरोभको टिप्पणीलाई वास्तविक नाजीवादका पीडितहरूका लागि अपमान र गहिरो प्रहार भएको बताउँदै प्रलयमा मारिएका ६० लाख यहुदीहरूको सम्झनामा रहेको इजरायलको स्मारक याड वासेमका अध्यक्ष ड्यानी दयानले रुसी विदेशमन्त्रीले षडयन्त्र सिद्धान्त फैलाइरहेको बताएका छन् ।

लाभ्रोभले एक इटालियन दोभाषेलाई भनेका थिए, ‘यदि उनीहरूले हामी यहुदी हौँ र यो कस्तो प्रकारको नाजिफिकेसन हो भन्छन् भने, मलाई लाग्छ कि हिटलरको पनि यहुदी मूल थियो, त्यसैले यसको कुनै मतलब छैन।’

‘लामो समयदेखि हामीले बुद्धिमान् यहुदीहरूले भनेको सुन्दै आएका छौं कि सबैभन्दा ठूलो एन्टि-सेन्मिट (यहुदी विरोधी)हरू यहुदीहरू आफैँ हुन्,’ उनले थपे।

इजरायलले रुस र युक्रेनबीच तटस्थ स्थिति खडा गर्न खोजेको बेला यस टिप्पणीले दुई देशबीचको सम्बन्धमा ठूलो गिरावट ल्याउन सक्ने विदेशी मामिलाका जानकारहरूको भनाइ छ ।

लाभरोभको टिप्पणीको निन्दा गर्दै, युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले ट्विट गर्दै भनेका छन्,’इतिहास पुनस लेख्ने प्रयास गरेर, मस्कोले युक्रेनीहरूको सामूहिक हत्यालाई जायज ठहराउन तर्कहरू खोजिरहेको छ।’

दोस्रो विश्वयुद्धमा करिब २ करोड ७० लाख नागरिक मारिएको सहने सोभियत सङ्घले नाजी जर्मनीलाई पराजित गर्न मद्दत गरेको थियो । मस्कोले आफूलाई मुक्तिदाताको रूपमा चित्रण गर्ने प्रयास गरेको कुरा समेत यसले सङ्केत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै