2026-09-29 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी र पश्चिमेली मुलुकको चासोको केन्द्रबिन्दु बन्दै नेपाल

बैशाख २१, काठमाडौँ । पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन् । उनीहरूले द्विपक्षीय भेटघाटको कामलाई निरन्तरता दिँदै आएका छन् ।

रुस–युक्रेन द्वन्द्वमा नेपाल युक्रेनको पक्षमा उभिएसँगै अमेरिका र पश्चिमा मुलुकका अधिकारीको नेपाल भ्रमण बाक्लिएको हो । नेपालले आफ्नो असंलग्न विदेश नीति छाड्दै युक्रेनको पक्ष लिएको थियो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्दै ल्याएको प्रस्तावको पक्षमा उभिएको थियो । साथै दोस्रोपटक युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा मतदान गरेसँगै युक्रेनको पक्ष लिएको थियो । त्यसपछि नेपालमा अमेरिकीनिकट रहेका पश्चिमी मुलुकहरूको सक्रियता र चासो बढेको पाइएको छ ।

स्विट्जरल्यान्डको विदेश मन्त्रालयका एसिया प्रशान्त क्षेत्र हेर्ने एसिस्टेन्ट स्टेट सेक्रेटरी आन्द्रियस राफेल नागेली हाल नेपाल भ्रमणमा छन् । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सोमबार परराष्ट्र मन्त्रालयमा भेटेका छन् । परराष्ट्र मन्त्रालयले विभिन्न समयमा हुने सो भेटलाई नियमित कूटनीतिक बैठक भनेको छ । त्यस्तै, वैशाखको तेस्रो हप्ता फ्रान्सेली सेनाको अन्तर्राष्ट्रिय सम्बन्ध मामिला हेर्ने ब्रिगेडियर जनरल जियोफ्रोय डी लारौजियरे पनि नेपाल आएका थिए । उनले रक्षासचिव किरणराज शर्मा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेका थिए ।

नेपालमा एमसीसी पास भएपछि अमेरिकाले थप अनुदान सहयोग गरेको छ । नेपालको संसद्बाट एमसीसी पासपछि वैशाखको पहिलो साता अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङले नेपाल भ्रमण गरेकी थिइन् । त्यसपछि दोस्रो साता अमेरिकी सांसदको पाँच सदस्यीय टोली नेपाल आइपुगेका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्रान्ड (न्युयोर्क)को नेतृत्वमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कंग्रेसनल डिस्ट्रिक्ट, न्युयोर्क) आएका थिए ।

अमेरिकी सांसदहरू आएको एक महिना पनि बित्न नपाउँदै आउँदो जेठ ६ देखि ८ गतेसम्म अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मामिला हेर्ने विशेष संयोजक उज्रा जिया नेपाल भ्रमण आउने तयारीमा छिन् । उनी नेपाल आउनुअघि भारत भ्रमणमा रहने र तिब्बती धर्म गुरु दलाई लामालाई भेट्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै