2026-09-29 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक

वैशाख २२, काबुल | एजेन्सी | अफगानिस्तानमा  तालिबान सरकारले राजधानी काबुल र अन्य प्रान्तहरूमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न बन्द गरेको छ । देश खाद्यान्न संकट र अन्य अत्यावश्यक आपूर्तिको अभावका कारण डरलाग्दो मानवीय संकटबाट गुज्रिरहेका बेला तालिबानले महिलामाथि यस्तो प्रतिबन्ध लगाएको हो । 

तालिबानले सत्ता कब्जा गर्नुअघि काबुललगायत देशका केही प्रमुख सहरहरूमा महिलाहरूले गाडी चलाएको देख्न सकिन्थ्यो ।  महिलाहरूलाई ड्राइभिङ लाइसेन्स वितरण गर्न बन्द गरेकाले अब सडकमा यस्ता दृश्य क्रमशः घट्दै जाने अनुमान गरिएको छ । 

गत १५ अगस्टमा अफगान सरकार ढलेपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था दयनीय बनेको छ । देशमा द्वन्द्वको अन्त्य भए पनि मानवअधिकार उल्लंघनका घटनामा तीब्र बृद्धि भएका छन् । विशेषतः महिलाका हक अधिकारमा अंकुश लागेको छ । 

एउटा पछिल्लो घोषणामा तालिवानले हालैको एउटा आदेशमा तालिबान शासनले ६ कक्षाभन्दा  माथिका छात्रालाई विद्यालयमा जान प्रतिबन्ध लगाएको थियो, जसका कारण विश्वव्यापी निन्दा भएको छ ।

शिक्षकहरूको अभावका कारण आफूहरुले यस्तो निणर्य लिनु परेको र छिट्टै छात्राहरूको अधिकार पुनर्स्थापित हुने तालिबान नेताहरूले बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै