2026-09-29 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोनाका कारण पुन: लकडाउन: आर्थिक संकट बढ्यो

वैशाख २२, काठमाडौं | कोरोनाका कारण चीनमा लगाइएको कडा लकडाउनका कारण चीनमा आर्थिक संकट बढ्न थालेको छ । लकडाउनका कारण सांघाईलगायत धेरै सहरका कारखानामा उत्पादनसँगै माग पनि घटेको छ । 

अब चीनका यी प्रतिबन्धको प्रभावले विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुने डर सिर्जना भएको छ । जसका कारण मन्दीको दायरा बढेर विश्वभर पुग्न सक्छ । कोरोनाका कारण चीनमा लगाइएको कडा लकडाउनका कारण विश्वभर मन्दीको त्रास बढेको छ । 

लकडाउनका कारण अप्रिल महिनामा चीनमा आर्थिक गतिविधिमा भारी गिरावट आएको छ । चीनमा सांघाईलगायत धेरै ठूला सहरमा कोरोना भाइरसको संक्रमण निकै फैलिएको छ ।

यस्तै लकडाउनका कारण माग ह्वात्तै घटेको छ । जसले विश्वव्यापी आपूर्ति शृंखलालाई असर गर्ने सम्भावना बढेको छ । चीनमा कडा प्रतिबन्धका कारण अप्रिलमा मन्दी पनि उल्लेखनीय रुपमा बढेको थियो । कारखानाहरुबाट हुने उत्पादनमा भारी गिरावट आएको छ । यसका साथै माग पनि अनुमानभन्दा कम भएको छ । 

चीनमा कारखाना गतिविधि दुई वर्षकै न्यूनमा झरेको छ। यस अवधिमा उत्पादन पीएमआई मार्चको ४९.५ बाट घटेर ४७.४ मा पुगेको छ । उत्पादनसँगै निर्माण र सेवा क्षेत्रको अवस्था पनि नाजुक बनेको छ । 

निर्माण र सेवा क्षेत्रका गतिविधिहरु मापन गर्ने गैरउत्पादन गेज मार्चमा ४८.४ बाट घटेर ४१.९ मा पुगेको छ । जुन फेब्रुअरी २०२० यताकै न्यून स्तर हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै