2026-10-26 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोनाका कारण पुन: लकडाउन: आर्थिक संकट बढ्यो

वैशाख २२, काठमाडौं | कोरोनाका कारण चीनमा लगाइएको कडा लकडाउनका कारण चीनमा आर्थिक संकट बढ्न थालेको छ । लकडाउनका कारण सांघाईलगायत धेरै सहरका कारखानामा उत्पादनसँगै माग पनि घटेको छ । 

अब चीनका यी प्रतिबन्धको प्रभावले विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुने डर सिर्जना भएको छ । जसका कारण मन्दीको दायरा बढेर विश्वभर पुग्न सक्छ । कोरोनाका कारण चीनमा लगाइएको कडा लकडाउनका कारण विश्वभर मन्दीको त्रास बढेको छ । 

लकडाउनका कारण अप्रिल महिनामा चीनमा आर्थिक गतिविधिमा भारी गिरावट आएको छ । चीनमा सांघाईलगायत धेरै ठूला सहरमा कोरोना भाइरसको संक्रमण निकै फैलिएको छ ।

यस्तै लकडाउनका कारण माग ह्वात्तै घटेको छ । जसले विश्वव्यापी आपूर्ति शृंखलालाई असर गर्ने सम्भावना बढेको छ । चीनमा कडा प्रतिबन्धका कारण अप्रिलमा मन्दी पनि उल्लेखनीय रुपमा बढेको थियो । कारखानाहरुबाट हुने उत्पादनमा भारी गिरावट आएको छ । यसका साथै माग पनि अनुमानभन्दा कम भएको छ । 

चीनमा कारखाना गतिविधि दुई वर्षकै न्यूनमा झरेको छ। यस अवधिमा उत्पादन पीएमआई मार्चको ४९.५ बाट घटेर ४७.४ मा पुगेको छ । उत्पादनसँगै निर्माण र सेवा क्षेत्रको अवस्था पनि नाजुक बनेको छ । 

निर्माण र सेवा क्षेत्रका गतिविधिहरु मापन गर्ने गैरउत्पादन गेज मार्चमा ४८.४ बाट घटेर ४१.९ मा पुगेको छ । जुन फेब्रुअरी २०२० यताकै न्यून स्तर हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने