2026-09-29 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो ४ सातादेखि संक्रमित बढेसंगै,भारतमा कोरोनाको चौथो लहरको खतरा

वैशाख २३, नयाँ दिल्ली | पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ । अप्रिल २५ देखि मे १ सम्ममा देशमा २२ हजारभन्दा बढी नयाँ बिरामी फेला परेका छन् । अघिल्लो हप्तामाभन्दा १५ हजार सं‌क्रमित फेला परेका थिए। अहिले संक्रमितको संख्या ४१ प्रतिशत बढेको हो। 
संक्रमित देखिएका मध्ये भारतका ३ राज्यहरू दिल्ली, हरियाणा र यूपीमा मात्र  ६८% रहेका छन्। दिल्लीमा संक्रमितको संख्या ७% भन्दा बढी छ। डब्ल्यूएचओको नजरमा भारतमा संक्रमण अनियन्त्रित भइसकेको छ । यस्तो अवस्थामा देशमा कोरोनाको चौथो लहर आउने खबर पनि आइरहेका छन्। तर के भारतमा चौथो छाल आउनुको कारण दिल्ली हुनेछ ? 
भारतका थप दुई राज्य राजस्थान र मध्य प्रदेशमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । गत हप्ताको तुलनामा राजस्थानमा १५५% र मध्यप्रदेशमा १३२% ले कोरोना संक्रमित बढेका छन्। यसले नयाँ खतराको सङ्केत गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस गेब्रेयससले ओमिक्रोनको उप भेरियन्ट बीए४, बीए५ अझै पनि उत्परिवर्तन भइरहेको बताए। यस्तो अवस्थामा अहिले नै के हुने हो भन्न छिटो भएको उनले बताए। 
उनले भने, 'नयाँ सब-भ्यारिएन्टहरू अन्य ओमिक्रोन सब-भ्यारिएन्टहरूको तुलनामा कति खतरनाक छन् भन्ने अझै अनुसन्धानको विषय हो। ओमिक्रोनको बीए२ भेरियन्ट अझै पनि विश्वव्यापी नयाँ कोरोना केसहरूको सबैभन्दा ठूलो कारण हो। यसका  बीए४ र  बीए५ को सब भेरियन्टका कारण दक्षिण अफ्रिकामा पनि कोरोनाका केसहरू बढिरहेका छन्। धेरै देशमा कोरोना भाइरस उत्परिवर्तन हुँदैछ। त्यसैले अब के हुन्छ थाहा छैन।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै