2026-09-29 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाद्वारा फेरि पूर्वी तटको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

वैशाख २४, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ । तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले आफ्ना आणविक गतविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ । 

‘उत्तर कोरियाले पूर्वीसागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले भने । जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ । यो प्रक्षेपण सम्भवतः आणविक हतियार सम्पन्न देशको यो वर्ष अहिलेसम्मको १५ औं हतियार परीक्षण हो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धबीच उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमलाई तीब्रता दिएको छ । अमेरिकाको वार्ता प्रस्तावलाई अस्वीकार गर्दै उत्तर कोरियाले नाटकीय ढंगले आफ्ना आणविक गतिविधि तीब्र पारेको छ । 

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै