2026-09-29 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कले ट्विटरमा लेखे, ‘यदि म रहस्यमय परिस्थितिमा मरेँ भने…’

वैशाख २६, काठमाडौँ | टेस्लाका सीईओ एलन मस्कको हालैको ट्वीट चर्चाको विषय बनेको छ ।

मे ९ गते सोमबार बिहान उनले ट्विटमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म तपाईंहरुलाई भन्न चाहन्छु कि तपाईंहरु सबैलाई चिन्न पाउँदा मलाई खुसी लाग्यो ।’

यो ट्विट अघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए जुन एउटा बयानको स्क्रिनसट जस्तो देखिन्छ ।

रुसी भाषामा लेखिएको यो स्क्रिनसटमा लेखिएको छ, ‘एलन मस्कले युक्रेनको फासिस्ट शक्तिलाई सैन्य सञ्चार उपकरणहरू आपूर्ति गरिरहेका छन् । एलन मस्क, यसका लागि तपाईको जवाफदेहिता चाहियो, तपाईंले जतिसुकै चलाखीपूर्ण व्यवहार गरेर मानिसहरुलाई मुर्ख बनाउनुहोस् ।’

युक्रेनमा रहेको अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले उक्त उपकरण पठाएको दाबी पनि गरेको छ ।

मस्कले प्रमाणित ट्विटर अकाउन्ट लाई ट्याग गरेर यो स्क्रिनसट ट्वीट गरेका छन् ।

दुई पोष्टपछि टेस्लाका सीईओले युक्रेनलाई युद्धमा मद्दत गरेकोमा रूसबाट धम्कीको सामना गरिरहेका छन् कि भनेर अनुमान लगाइएको छ ।

फेब्रुअरीमा मस्कको कम्पनी स्पेसएक्सको स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा युक्रेनको युद्धग्रस्त क्षेत्रमा सक्रिय थियो । युक्रेनी मन्त्रीहरुले सहयोगको अपील गरेपछि मस्कले यसलाई सक्रिय गरेका थिए ।

एक हप्ता अघि, मस्कले ट्विटर किन्नको लागि ४ अर्ब डलरको प्रस्ताव राखेका थिए, जुन सम्झौतामा ट्विटरको बोर्ड सहमत भएको थियो । यद्यपि यो सम्झौता अझै पूरा भएको छैन र ट्विटरले आफ्ना शेयरधनीहरूसँग यसका लागि सहमति मागेको छ । तर यो सम्झौता आगामी दिनमा सम्पन्न हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै