2026-09-29 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक करोडभन्दा बढीमा बिक्यो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट

वैशाख २६, काठमाडौँ | युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ (अमेरिकी एक सय एघार हजार अमेरिकी डलर) मा बिक्री भएको छ।

सिएनएनका अनुसार राष्ट्रपति जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका छन्। उक्त ज्याकेट बिहीबार लन्डनमा आयोजित कार्यक्रममा युक्रेनको सहयोगको लागि बिक्री भएको हो।

यसै सन्दर्भमा बेलायतको लागि युक्रेनी दूतावासले एक भिडिओ ट्विट गरेको छ। भिडिओसँगै क्याप्सनमा लेखेको छ, ‘थुप्रै फ्लिसको ज्याकेटमध्ये जेलेन्स्कीको एक मात्र यो ज्याकेट, ९० हजार पाउन्डमा बिकेको छ।’

भिडिओमा राष्ट्रपतिले उक्त ज्याकेट लगाएर युद्धमा हिँडेको फोटा र भिडिओ क्लिपहरू देख्न सकिन्छ।

लन्डनमा आयोजित कोष संकलन कार्यक्रमको मुख्य उद्देश्य युद्धको समयमा युक्रेनीहरूले देखाएको बहादुरीका कथाहरू सुनाउनु र यो बहादुरीलाई समर्थन गर्न कोष जुटाउनु रहेको दूतावासले जनाएको छ। 

लन्डनमा युक्रेनी दूतावासले टेट आधुनिक आर्ट ग्यालरीमा ‘ब्रेभ युक्रेन’ कोषको आयोजना गरेको हो। जसमा युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्कीले बच्चाहरूको लागि खेलौना, स्वर्गीय फोटोग्राफर म्याक्स लेभिनले खिचेका तस्बिरहरू र जेलेन्स्कीको ज्याकेट कोषको लागि दिएकी हुन्। 

उक्त कोषमा करिब ७ करोड ७४ लाख रूपैयाँ (एक मिलियन अमेरिकी डलर) संकलन भएको जनाइएको छ। दूतावासका अनुसार सो रकम विशेषत पश्चिमी युक्रेनी विशेषीकृत बाल चिकित्सा केन्द्रको मर्मतमा खर्चिनेछ।

कोषको एक कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भिडिओमार्फत कुराकानी गर्दै उनको नेतृत्व र युक्रेनीहरूको बहादुरीको प्रशंसा गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै