2026-09-29 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा महिलाका अधिकार कटौती गर्ने तालिवानका निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने

वैशाख २७, काबुल | एजेन्सी | अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ । कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने संकेत नदेखाए समूहका निणर्य उल्ट्याउन दबाब दिने अमेरिकाले संकेत गरेको हो । तर, उसले समूहमाथि कस्तो दबाब दिने भन्ने बारेमा केही सार्वजनिक गरेको छैन् ।  

‘हामीले यस विषयलाई तालिवानसँग प्रत्यक्ष रूपमा सम्बोधन गरेका छौं’, विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । उनले सम्भावित कदमबारे विस्तृत विवरण दिएनन् । 

तालिबानले शनिबार महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्न उर्दी जारी गरेको थियो । तालिबानको निर्देशनको सर्वत्र विरोध भएको छ ।

तालिबानले यसअघि सन् १९९६ देखि सन् २००१ मा शासन गर्दै महिलाहरुका अधिकांश अधिकार कटौती गरेको थियो । तालिबानले फेरि महिलाका एकपछि अर्का अधिकार कटौती गर्न सक्ने अफगानिस्तानमा त्रास बढेको छ ।  

यसअघि समूहले छात्र र छात्रालाई सँगसँगै पढ्न रोक लगाएको छ ।  गत १५ अगस्टमा सत्तामा पुगेपछि तालिबान सरकारले आर्थिक संकट सामना गरेको छ । दातृ राष्ट्रहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै