2026-09-29 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्वास्थ्य संगठनका प्रमुखको भनाइ चिनियाँ सामाजिक सञ्जालबाट किन हटाइयो?

वैशाख २८, काठमाडौं | विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोम गेब्रियाससले चीनको कोरोनाका लागि अपनाइरहेको ‘शून्य सहनशीलता’ नीति टिकाउ नभएको बताएका थिए । यो कुरा संयुक्त राष्ट्रको विबो अकाउन्टमा सेयर गरिएको थियो तर विबोले अहिले डब्ल्यूएचओ प्रमुखको यो बयानलाई हटाएको छ । चिनियाँ सोशल मिडिया प्लेटफर्म विबोमा यो बयान सेयर गरेलगत्तै बुधबार बिहानै यसलाई हटाइयो । समाचार एजेन्सी रोयटर्सले यसबारे जानकारी दिएको हो ।

1140x725

यति मात्र होइन, अर्को चिनियाँ सोशल मिडिया प्लेटफर्म विच्याटले संयुक्त राष्ट्रको अकाउन्टबाट यसै खालको पोस्टको सेयर फिचर हटाएको छ ।मंगलबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले भने, ‘भाइरसको व्यवहारलाई हेर्दा चीनको यो नीति दिगो छ भन्ने हामीलाई लाग्दैन, हामीले अहिले जे जति अनुमान लगाइरहेका छौँ त्यस अनुसार यो टिकाऊ लाग्दैन । ’उता सांघाईमा बढ्दो कोरोना संक्रमित ध्यानमा राख्दै लकडाउनलाई थप कडाइ गरिएको छ । लकडाउन आउँदो केही साताका लागि कडा नियमका साथ लागू हुनेछ ।नयाँ नियम अनुसार खाद्यान्नको व्यावसायिक डेलिभरीमा प्रतिबन्ध लगाइएको छ र अस्पतालमा आकस्मिक केसलाई मात्रै पहिला हेरिनेछ ।

जसको वरिपरि कोभिड–१९ का बिरामी छन् उनीहरुलाई जबर्जस्ती उनीहरुको घरबाट निकालेर सरकारी क्वारेन्टिन केन्द्रमा राखिएको जानकारी दिइएको छ ।सांघाईमा विगत सात महिनादेखि कडा लकडाउन गरिएको छ ।कोरोना संक्रमितमा पहिला देखिएको संख्याको तुलनामा अहिले संक्रमित निकै कम छन् तर अधिकारी अहिलेसम्म ‘सोसाइटल जिरो’ को लक्ष्य हासिल गर्न सक्षम भएका छैनन् त्यसैले यसैका लागि यहाँ कडा लकडाउन लागू गरिएको छ ।

सोसाइटल जिरोको अर्थ सरकारी क्वारेन्टिन सुविधाबाहेक शहरमा कोरोनाका एकजना पनि नयाँ संक्रमित नहुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै