2026-09-29 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ जीवन धान्नकै लागि बेचिन्छ आफ्नै अङ्ग

एजेन्सी | हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या सयौँमा भेट्न सकिन्छ ।

गत वर्ष तालिबान सत्तामा आउनुपूर्व पनि अफगानिस्तानको अर्थतन्त्र त्यति राम्रो थिएन । तालिबानले सत्ता हातमा लिएपछि यो एसियाली राष्ट्रको अर्थतन्त्र टाट पल्टेको अवस्थामा पुगेको छ र धेरैलाई आफ्नो परिवारका लागि भान्सामा खाना पुर्याउन संघर्षरत अवस्थाबाट गुज्रनु परेको छ ।

अवस्था यतिसम्म खराब छ कि उनीहरु आफ्नो ऋण तिर्न र खाद्यान्न किन्नका लागि एउटा मिर्गौला नै बिक्री गर्न बाध्य हुने गरेका छन् । उनीहरु बजारमा सामान किन्न समेत आफ्नो एउटा मिर्गौला बिक्री गर्न बाध्य भएका छन् ।

‘मैले चाहेको थिइनँ, तर मसँग विकल्प नै थिएन । मैले मेरा बालबच्चाका लागि यसो गरेँ,’ एएफपी समाचार एजेन्सीसँग ३२ वर्षीय नुरुद्दिनले भने, ‘हाल आएर मलाई यसमा पछुतो छ किनभने म अब लामो समयसम्म काम गर्न सक्दिनँ । मलाई पीडा हुन्छ र म गह्रौं सामग्री पनिविश्वभरिनै मानव अङ्गको बिक्री अवैध रहँदै आएको छ । तर अफगानिस्तानमा यसको नियमन भएको छैन र दाताले लिखित सम्झौता गर्नुपर्नेछ । अङ्ग दान गरेपछि के हुन्छ ? यो कहाँ जान्छ ? कसैलाई पनि थाहा छैन । यस विषयमा चिकित्सकले उनीहरुले सोधपुछ गर्न नपाउने प्रतिबद्धताको माग गर्छन् ।

अफगानिस्तानमा कति मिर्गौला बिक्री गरियो भन्ने यकिन थाहा पाउन मुश्किल छ । रेकर्डले हेरात प्रान्तमा सयौं मिर्गौला निकाल्ने शल्यक्रिया गरिएको देखाएको छ । यो पनि विगत केही वर्षको अवधिमा मात्रै हो । मानिसको आर्थिक अवस्था बिग्रिएसँगै यस किसिमको प्रक्रियामा वृद्धि हुने गर्छ ।

‘मैले मेरो मिर्गौला २ हजार ९०० अमेरिकी डलरमा बिक्री गरेँ,’ एक महिलाले भनिन्, ‘मैले यसो गर्नुपर्याे । मेरो श्रीमान काम गर्दैनन् । हाम्रो ऋण पनि छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै