2026-09-28 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मारिउपोलमा सयौं युक्रेनी लडाकुद्वारा आत्मसमर्पण, रुसबाट मृत्युदण्डकाे धम्की

जेठ ४, काठमाडौँ | हप्तौंको प्रतिरोधका बाबजुद पनि युक्रेनको मारिउपोल स्थित एजोभ्स्टाल स्टिल कारखानाबाट युक्रेनका लागि लडिरहेका सेनासहितका लडाकुहरू आत्मसमर्पण गर्न बाध्य भएका छन् । बुधवार आत्मसमर्पण गरेका २५० भन्दा बढी युक्रेनी लडाकुहरूको भविष्य अब के हुन्छ भन्ने चिन्ता बढेको छ ।

मारिउपोलमा युक्रेनमा रुसी युद्धको सबैभन्दा विनाशकारी घेराबन्दी भएको थियो । कयौं दिनको युद्ध र कयौंले ज्यान गुमाएपछि युक्रेनी लडाकुको आत्मसमर्पणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि एक विजयको दाबी गर्न अनुमति समेत दिएको टिप्पणी आउन थालेको छ ।

रुसी बख्तरबंद सवारीसाधनले पछ्याइरहेको गाडीहरू सोमबार मारिउपोल आएका थिए । पाँच जनालाई रुसी नियन्त्रित सहर नोवोआजोभस्क लगिएको थियो । जहाँ मस्कोले घाइते लडाकुहरूको उपचार गरिने बताएको छ।

एजोभस्टालबाट युक्रेनी लडाकुहरू बोकेका सात वटा बसहरू डोनेट्स्क नजिकै रुसी नियन्त्रित ओलेनिभका सहरमा नयाँ पुनः खोलिएको जेलमा लगिएको रोयटर्सका प्रत्यक्षदर्शीले बताएका छन् ।

रुसले कम्तीमा २५६ युक्रेनी लडाकुहरूले आफ्ना हतियार राखेर आत्मसमर्पण गरेको बताएको छ, जसमा ५१ गम्भीर घाइते छन्। युक्रेनले भने ५३ घाइतेसहित २६४ सैनिक त्यहाँ रहेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयको भिडियोमा लडाकुहरूले प्लान्ट छोडेको देख्न सकिन्छ । सो क्रममा कोहीलाई स्ट्रेचरमा बोकेको र कसैले हात माथि गरेको देखिएको छ ।

ओलेनिभका सहरमा लगिएका लडाकुहरूमा महिलासमेत रहेको रोयटर्सको भिडियोले देखाएको छ। दुवै पक्षले युक्रेनी सेनाहरूले स्टिल कारखाना छोड्ने सम्झौताको कुरा गरे पनि के कस्तो किसिमको सहमति भएको थियो भन्नेबारेका धेरै जानकारीहरू सार्वजनिक भएका छैनन् ।

क्रेमलिनले पुटिनले व्यक्तिगत रूपमा बन्दीहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवहार गर्ने ग्यारेन्टी दिएका थिए । युक्रेनी अधिकारीहरूले भने आफ्ना लडाकुलाई रुसी बन्दीहरूको लागि साटासाट गर्न सकिने कुरा गरेका थिए ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले घाइतेहरूको अवस्था स्थिर भएपछि कैदी साटासाट व्यवस्था गर्ने लक्ष्य राखेको बताएकी छन् ।

संयुक्त राष्ट्रका लागि रुसी उप राजदूत दिमित्री पोल्यान्स्कीले भने कुनै सम्झौता नभएको टिप्पणी गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘मलाई थाहा थिएन अंग्रेजीमा एउटै सन्देश व्यक्त गर्ने यति धेरै तरिकाहरू छन्, अजोभनाजीहरूले बिना सर्त आत्मसमर्पण गरेका छन्।’

तास समाचार एजेन्सीका अनुसार मस्कोले ‘युक्रेनी शासनको अपराध’ भन्ने अनुसन्धानको हिस्साका रूपमा एजोभ्स्टालमा लडिरहेका लडाकुमाथि सोधपुछ नर्गे बताइएको छ ।

हाई प्रोफाइल रुसी सांसदहरूले कैदी साटासाट गर्ने कुराको विरोध गरेका छन् ।

रुसको तल्लो सदन स्टेट ड्यूमाका सभामुख व्याचेस्लाभ भोलोदिनले युक्रेनी लडाकुलाई नाजीको संज्ञा दिँदै साटासाट गर्न नहुने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘नाजी अपराधीहरूलाई साटासाट गर्नु हुँदैन।’

युक्रेनसँगको वार्तामा रुसका वार्ताकारहरू मध्येका एक सांसद लियोनिद स्लुत्स्कीले ती लडाकुहरूलाई मानव रूपका जनावरहरू भन्दै उनीहरूलाई मृत्युदण्ड दिनुपर्ने टिप्पणी गरेका छन् ।

सन् २०१४ मा रुस समर्थित पृथकतावादीहरूसँग लड्न चरम दक्षिणपन्थी स्वयंसेवक मिलिशियाको रूपमा गठन भएको आजोभ रेजिमेन्टले फासिस्ट वा नव नाजी भएको कुरा अस्वीकार गर्दै आएको छ ।

युक्रेनले यसलाई सुधार गरी नेशनल गार्डमा एकीकृत गरेको बताएको छ । रुसले आत्मसमर्पणपछि बन्दी बनाएका युक्रेनी लडाकुमाथि कस्तो व्यवहार गर्छ र रुसी बन्दीसँग साटासाट गर्छ या गर्दैन भन्ने विषयले यिनीहरूको भविष्य अस्पष्ट बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै