५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्बोडियामा पुरुषको यौनांग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि विरुवा नै लोप हुने विज्ञकाे चिन्ता

५ जेष्ठ २०७९, बिहीबार ०२:१९

जेठ ५, नोम्पेह | तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनांग जस्तो देखिने नेपेन्थिस होल्डेनी  सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ ।


बिरुवाहरू कम पोषकतत्वयुक्त माटोमा हुर्किन्छन् । अमृत र मीठो सुगन्धमार्फत किरालाई आकर्षित गर्ने यो विरुवालाई ‘मांशहारी’ पनि भनिन्छ । 

एउटा फेसबुक पोस्टमा वातावरण मन्त्रालयले भाइरल भिडियोप्रति संकेत गर्दै लेखेको छ, ‘उनीहरूले जे गरिरहेका छन् त्यो गलत हो र भविष्यमा फेरि  नगर्नुहोस ।  प्राकृतिक स्रोतहरू माया गर्नुभएकोमा धन्यवाद । तर, विरुवा नचुडाल्नुहोस, नत्र भने त्यो मासिन्छ ।’

भिडियोमा कम्बोडियाको कम्पोट प्रान्तको बोकोर पहाडमा तीन जना महिलाले लोपोन्मुख फूल टिप्दै गरेको देखाइएको छ ।

हालैका वर्षहरूमा स्थानीय र पर्यटकहरूले बढ्दो दरमा रमाइला लाग्ने यस्ता वनस्पतिहरू टिप्ने र सामाजिक सञ्जालमा पोस्ट गर्न सेल्फी खिचिरहेका छन् । 

निजी जग्गामा कृषि विस्तार र संरक्षित क्षेत्रमा पर्यटन उद्योगको वृद्धिका कारण कम्बोडियामा मांसाहारी बिरुवाहरूको प्राकृतिक बासस्थान घटेको साइन्स डेलीले कम्बोडियन जर्नल अफ नेचुरल हिस्ट्रीमा २०२१ को अध्ययनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

रमाइलोको लागि विरुवा टिप्दा त्यसको अस्थित्व समाप्त हुने वातावरणविद्हरूले चेतावनी दिँदै आएका छन् । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता