2026-09-28 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्बोडियामा पुरुषको यौनांग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि विरुवा नै लोप हुने विज्ञकाे चिन्ता

जेठ ५, नोम्पेह | तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनांग जस्तो देखिने नेपेन्थिस होल्डेनी  सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ ।

बिरुवाहरू कम पोषकतत्वयुक्त माटोमा हुर्किन्छन् । अमृत र मीठो सुगन्धमार्फत किरालाई आकर्षित गर्ने यो विरुवालाई ‘मांशहारी’ पनि भनिन्छ । 

एउटा फेसबुक पोस्टमा वातावरण मन्त्रालयले भाइरल भिडियोप्रति संकेत गर्दै लेखेको छ, ‘उनीहरूले जे गरिरहेका छन् त्यो गलत हो र भविष्यमा फेरि  नगर्नुहोस ।  प्राकृतिक स्रोतहरू माया गर्नुभएकोमा धन्यवाद । तर, विरुवा नचुडाल्नुहोस, नत्र भने त्यो मासिन्छ ।’

भिडियोमा कम्बोडियाको कम्पोट प्रान्तको बोकोर पहाडमा तीन जना महिलाले लोपोन्मुख फूल टिप्दै गरेको देखाइएको छ ।

हालैका वर्षहरूमा स्थानीय र पर्यटकहरूले बढ्दो दरमा रमाइला लाग्ने यस्ता वनस्पतिहरू टिप्ने र सामाजिक सञ्जालमा पोस्ट गर्न सेल्फी खिचिरहेका छन् । 

निजी जग्गामा कृषि विस्तार र संरक्षित क्षेत्रमा पर्यटन उद्योगको वृद्धिका कारण कम्बोडियामा मांसाहारी बिरुवाहरूको प्राकृतिक बासस्थान घटेको साइन्स डेलीले कम्बोडियन जर्नल अफ नेचुरल हिस्ट्रीमा २०२१ को अध्ययनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

रमाइलोको लागि विरुवा टिप्दा त्यसको अस्थित्व समाप्त हुने वातावरणविद्हरूले चेतावनी दिँदै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै