२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानका हत्यारा रुसी सेना आमने–सामने हुँदा युक्रेनी महिलाले सोधिन यस्तो प्रश्न…

२०७९, ६ जेष्ठ शुक्रबार ०८:१०

जेठ ६, काठमाडौं | रुसले युक्रेनमा आक्रमण गर्दैगर्दा सुरुवाती दिनमा एक ६२ वर्षका व्यक्ति रुसी सेनाको हातबाट मारिएका थिए।

उनको घर अगाडिको सडकमा हत्या भएको थियो। उनीसँग हतियार थिएन किनभने उनी सर्वसाधारण थिए। रुसी सेनाले विवाद बढेपछि उनीमाथि गोली चलाएको थियो।

अन्ततः ओलेक्सान्डर सेलिपोभा नाम गरेका ती व्यक्तिको मृत्यु भयो। यतिबेला सो घटनामा गोली चलाउने २१ वर्षे रुसी सेना युक्रेनमा पक्राउ परेका छन्।

जेठ ६, काठमाडौं | रुसले 

तीन महिनापछि भिदाम सिसीमारिन नाम गरेका रुसी सेना युक्रेनी सेनाले पक्रन सफल भएको हो।

उनीमाथि सर्वसाधारणको हत्या गरेको र युद्ध अपराध गरेको विषयमा युक्रेनमा अनुसन्धान भइरहेको छ।

हिजो बिहीबार ६० वर्षका ओलेक्सान्डर सेलिपोभाका श्रीमती केटन्र्या र हत्यारा २१ वर्ष रुसी सेना सिसीमारिनको जम्का भेट हुन पुग्यो। अदालतमा उनीहरु आमने–सामने भएको बीबीसीले जनाएको छ।

ती युवाले आफूले हत्या गरेको स्वीकार गर्दै केटन्र्यासँग माफी मागेका थिए। यद्यपी उनले आफूले माफी नपाउनेमा विश्वस्त रहेको पनि बताएका थिए।

सो क्रममा श्रीमानका हत्यारालाई केटन्र्याले केही प्रश्नहरु गरेकी थिइन्। उनले भनेकी थिइन्,‘तिमी रुसीहरु यहाँ किन आएको? हाम्रो रक्षा गर्न आएको हो?’

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बारम्बार युक्रेनलाई दुर्घटनाबाट जोगाउन रुसी सेना त्यहाँ पुगेको दोहोर्याउँदै आएका छन्।

‘हामीलाई कोबाट जोगाउने र बचाउने? तिमीले मेरा श्रीमान जोगाएको हो कि मारेको हो?’ केटन्र्याले यस्तो प्रश्न गरिरहँदा सिसीमारिन निशब्द देखिन्थे।

यद्यपी उनले घटनाबारे उत्तरमा भनेका थिए,‘हाम्रो सानो समूह अन्य सेनाबाट छुटेका थिए। त्यसबेला हामीले सडकमा एउटा कार देख्यौं। त्यसैमा आफ्नो गन्तव्यमा जान खोज्दा ती व्यक्तिले प्रतिवाद गरे। मेरो गोली हान्ने उद्देश्य थिएन तर अन्य अफिसरले दबाब दिएपछि गोली हानेको हुँ।’

यी रुसी युवक त्यस्ता व्यक्ति हुन् जोसँग पहिलोपटक युक्रेनमा युद्ध अपराधको विषयमा अनुसन्धान भइरहेको छ। हाल अभियोजनकर्ताहरुले अनुसन्धानमा उनलाई दोषी मानेका छन् र आजीवन जेल सजाय दिइनुपर्ने बताइरहेका छन्।

रुसले युक्रेनमा आक्रमण गरेयता रुसी सेनाबाट यस्ता किसिमका अनगिन्ती गम्भीर युद्ध अपराध भएका छन्। त्यहाँका विद्यालय तथा अस्पतालमा आक्रमण भएका छन् भने सर्वसाधारणलाई विनाकारण मारेर पुरिएको प्रमाणहरु भेटिएका छन्।

यतिबेला विश्वभर रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नै युद्ध अपराधको मामिलामा मुद्दा चलाइनुपर्ने आवाज उठिरहेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस