२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगान टिभी प्रस्तोतालाई अनुहार ढाक्न तालिबानको आदेश

२०७९, ८ जेष्ठ आईतवार ०६:३०

जेठ ८, काबुल | तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधवार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए । 

तालिबानले सबै महिलाहरूलाई सार्वजनिक रूपमा अनुहारमा  बुर्का लगाउन वा सजायको भागिदार हुन आदेश दिएको दुई सातापछि पछिल्लो निर्णय आएको हो । 

१५ अगस्टमा अफगान सत्तामा आएको तालिबानले महिलाहरूमाथि प्रतिबन्धहरू कडा बनाएको छ । उनीहरूलाई पुरुष अभिभावकबिना यात्रा गर्न प्रतिबन्ध लगाइएको छ र केटीहरूको लागि माध्यमिक विद्यालयहरू बन्द छन् ।

तालिबानको पछिल्लो निर्देशन सुनेर आफू चकित परेको एउटा स्थानीय टेलिभिजन स्टेसनमा  काम गर्ने एक महिला अफगान पत्रकारले बताइन् ।

‘टेलिभिजनमा हामीलाई रोक्न उनीहरूले अप्रत्यक्ष रुपमा दबाब दिइरहेका छन् । ‘म कसरी मुख छोपेर समाचार पढ्न सक्छु ? अब के गर्ने थाहा छैन । मैले काम गर्नुपर्छ । घर परिवार पाल्ने जिम्मा ममाथि छ ।’

तालिबानको नयाँ घोषणा २१ मेदेखि लागू हुने रोयटर्स समाचार संस्थाले जनाएको छ । तालिबानको निर्दैशनलाई समूहका प्रवक्ताले ‘सल्लाह’ को रुपमा उल्लेख गरेका छन् । पालन नगर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने बारेमा केही उल्लेख छैन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस