५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामाथि रुसी प्रतिबन्धः राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्

८ जेष्ठ २०७९, आईतवार ०७:१२

जेठ ८, मस्को | रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । 

रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन् । आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए ।


पछिल्लो सूचीलाई रुसले पश्चिमी प्रतिबन्धहरूविरुद्ध बदला लिने प्रतीकात्मक कदमको रूपमा हेरिएको छ । सूचीमा अब रुस प्रवेशमा स्थायी रूपमा प्रतिबन्धित ९६३ अमेरिकी समावेश छन् । 

युक्रेन आक्रमणको पूर्वसन्ध्यामा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको थियो । अप्ठ्यारो प्रतिबन्धहरूले रुसी अर्थतन्त्रलाई कठिन बनाएको छ । अमेरिकी प्रतिबन्ध युक्रेनमा थप रुसी कारबाहीविरुद्धमा अवरोध सिद्ध भएका छन् । 

अद्यावधिक गरिएको सूचीमा अमेरिकी सिनेटर र प्रतिनिधि सभाका सदस्यहरूको बहुमत छ । यसमा वर्तमान र पूर्वसरकारी अधिकारीहरू, पत्रकारहरू र थप विषय पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता