2026-09-29 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा नौ वर्षदेखि सरकार चलाइरहेको पार्टी विस्थापित, नयाँ प्रधानमन्त्री निर्वाचित

जेठ ८, क्यानबेरा | झन्डै एक दशकपछि लेबर पार्टीलाई जित दिलाउँदै एन्थोनी एल्बेनिज अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । उनी देशकै पुराना राजनीतिक नेता हुन् ।

आफ्नो निर्वाचन प्रचार अभियानका क्रममा मतदातालाई ‘सुरक्षित परिवर्तन’को वचन दिँदै कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनलाई हराउन सफल भएका छन् । सो पार्टी सन् २०१३ देखि सत्तामा थियो ।

पूर्वप्रधानमन्त्री स्कट मरिसनलाई उनले ‘बुलडोजर’को संज्ञा दिँदै आएका छन् । आफू ‘निमार्ता’ बन्ने प्रतिज्ञा गरेका छन् ।

एन्थोनी लामो समयदेखि अष्ट्रेलियन निःशुल्क स्वास्थ्य सेवा प्रणालीका रक्षक मानिन्छन् । उनले सक्रिय रूपमा समलिंगी समुदायको समर्थनमा वकालन गर्दै आएका छन् । रिपब्लिकन हुन् ।

५९ वर्षीय एन्थोनीलाई उनकी आमा एक्लैले अपांगता भत्ताको भरमा हुर्काएकी थिइन् । सोही बाल्यावस्थाले उनमा प्रगतिशील विचार स्थापित गराएको उनी बताउँछन् ।

आफ्नो जितपछि देशवासीलाई सम्बोधन गर्दै उनले भनेका छन्, “म अष्ट्रेलियालाई त्यस्तै देश बनाइराख्न चाहन्छु, जसले तपाईँ जहाँ बस्नु भए पनि, जुन धर्म मान्नु भए पनि, जसलाई माया गर्नु भए पनि या तपाईँको नाम थर जे भ एपनि तपाईँको जीवन यात्रामा यसले कुनै बाधा पुर्‍याउने छैन ।” सीएनएनबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै