2026-09-29 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले लगायो फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक

जेठ ८, मस्को | रुसले शनिबार छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगाएको छ । त्यसको बदलामा फिनल्यान्डले  नेटो सदस्यताको लागि आवेदन दिएर मस्कोलाई आक्रोशित बनाएको छ । आपूर्तिकर्ता गाजप्रोमलाई रुबलमा तिर्न अस्वीकार गरेपछि मस्कोले फिनल्यान्डमाथि ग्यास रोकेको हो ।

२४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमलापछि मस्कोले रुबलमा ग्यासको भुक्तानी गर्न युरोपेली युनियन (ईयू)लगायतका देशका ग्राहकलाई अनुरोध गरेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले शनिबार एक विज्ञप्तिमा रुबल भुक्तानी प्राप्त नगरेकोले ग्यास आपूर्ति पूण रूपमा बन्द गरिएको जनाएको छ । 

सन् २०२१ मा ग्याप्रोमले १ दशमलब ४९ अर्ब  क्युबिक मिटर प्राकृतिक ग्यास फिनल्यान्ड पठाएको जनाएको छ । यो देशको ग्यास खपतको लगभग दुई तिहाई बराबर हो । यद्यपि, प्राकृतिक ग्यासले फिनल्याण्डको ऊर्जाको करिब आठ प्रतिशत ओगटेको छ ।

फिनल्यान्डको उर्जा कम्पनी गासुमले अभावलाई बाल्टिकनेक्टर पाइपलाइनलगायतका स्रोतबाट अभाव पूर्ति गर्ने जनाएको छ । 

त्यस्तै फिलिंग स्टेसनहरू सामान्य रूपमा चल्ने आश्वासन दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै