२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ

२०७९, १० जेष्ठ मंगलवार ०१:४२

जेठ १०, न्युयोर्क | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ । भाइरसका कारण शरिरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन् । 

अहिलेसम्म १६ देशमा संक्रमण फैलिएको छ र यो अझै बढ्ने अनुमान गरिएको छ । तर, विज्ञहरू ठूलो जनसंख्याको लागि यसको समग्र जोखिम धेरै कम रहेको बताउँछन् । 

मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो संक्रमण धेरै देखिएको छ । ‘यो नियन्त्रणयोग्य अवस्था हो’, डब्ल्यूएचओको मारिया भान केरखोभले एक पत्रकार सम्मेलनमा भनिन् । 

‘हामी मानिसबाट मानिसमा सर्नबाट रोक्न चाहन्छौँ ’, युरोप र उत्तरी अमेरिकामा हालै देखिएका केसहरूलाई संकेत गर्दै उनले भनिन् । अफ्रिकाबाहिर १६ देशमा यो भाइरस भेटिएको छ ।

५० वर्षमा अफ्रिका बाहिर सबैभन्दा ठूलो प्रकोप भएता पनि मंकीपक्स मानिसमा सजिलै फैलिँदैन र विज्ञहरूले यसको जोखिम कोभिड भाइरस महामारीसँग तुलना गर्न नसकिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण