५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२३ सम्ममा सत्ताच्युत भएर पुटिन अस्पताल जाने भविष्यवाणी !

११ जेष्ठ २०७९, बुधबार ०५:२८

जेठ ११, लन्डन । एजेन्सी | बेलायतका पूर्व गुप्तचर प्रमुखले सन् २०२३ सम्ममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा नरहने र अस्पतालमा हुने भविष्यवाणी गरेका छन् । पूर्व एमआई ६ प्रमुख सर रिचर्ड डियरलभले बुधबार पुटिन लामो समयका लागि अस्पतालमा बस्नुपर्ने देखिएको र अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनी सत्तामा नफर्कने पनि भविष्यवाणी गरेका छन् । 

अन्य विभिन्न स्रोतहरूले पुटिनले सत्ता गुमाउन लागेको र उनी उपचारको क्रममा रहेको भन्दै खबर बाहिर ल्याइरहेका बेला डियरलभले यसरी भविष्यवाणी गरेका हुन् ।  

Putin will be sent to sanatorium by 2023: ex-MI6 chief

एमआई ६ को नामले पनि चिनिने बेलायतको गोप्य गुप्तचर सेवाका प्रमुखका रूपमा सर चिर्ड डियरलभले सन् १९९९ देखि २००४ सम्म सेवा गरेका थिए । उनी आफैँले आयोजना गर्ने पोडकास्ट 'वन डिसिजन'को एक श्रृंखलामा उनले यस्तो भविष्यवाणी गरेका हुन् । 

उनले विना कुनै विद्रोह पुटिनलाई सत्ताच्युट गर्ने सबैभन्दा राम्रो उपाय भनेकै उनलाई उपचारका लागि अस्पताल पठाउनु रहेको बताएका छन् । 

रुसी सुरक्षा मामिला सम्बन्धी विशेषज्ञ बेल्लिङक्याटका क्रिस्टो ग्रोभेजले केही दिनअघि मात्र क्रेमलिनका वरिष्ठ सुरक्षा अधिकारीहरूलाई रुसले युक्रेन युद्ध हारेको यकिन भएको र पुटिनको सत्ता माथिको पकड खुकुलो हुँदै गइरहेको बताएका थिए । 

त्यसैगरी बेलायतका पूर्व गुप्तचर अधिकारी क्रिस्टोफर स्टिलेले हालै विभिन्न सुत्रलाई उद्धृत गर्दै पुटिन गम्भीर रूपमा बिरामी भएको तथा उनले स्वास्थ्य उपचारका लागि नियमित रूपमा बैठक छाड्ने गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता