2026-09-28 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२३ सम्ममा सत्ताच्युत भएर पुटिन अस्पताल जाने भविष्यवाणी !

जेठ ११, लन्डन । एजेन्सी | बेलायतका पूर्व गुप्तचर प्रमुखले सन् २०२३ सम्ममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा नरहने र अस्पतालमा हुने भविष्यवाणी गरेका छन् । पूर्व एमआई ६ प्रमुख सर रिचर्ड डियरलभले बुधबार पुटिन लामो समयका लागि अस्पतालमा बस्नुपर्ने देखिएको र अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनी सत्तामा नफर्कने पनि भविष्यवाणी गरेका छन् । 

अन्य विभिन्न स्रोतहरूले पुटिनले सत्ता गुमाउन लागेको र उनी उपचारको क्रममा रहेको भन्दै खबर बाहिर ल्याइरहेका बेला डियरलभले यसरी भविष्यवाणी गरेका हुन् ।  

Putin will be sent to sanatorium by 2023: ex-MI6 chief

एमआई ६ को नामले पनि चिनिने बेलायतको गोप्य गुप्तचर सेवाका प्रमुखका रूपमा सर चिर्ड डियरलभले सन् १९९९ देखि २००४ सम्म सेवा गरेका थिए । उनी आफैँले आयोजना गर्ने पोडकास्ट ‘वन डिसिजन’को एक श्रृंखलामा उनले यस्तो भविष्यवाणी गरेका हुन् । 

उनले विना कुनै विद्रोह पुटिनलाई सत्ताच्युट गर्ने सबैभन्दा राम्रो उपाय भनेकै उनलाई उपचारका लागि अस्पताल पठाउनु रहेको बताएका छन् । 

रुसी सुरक्षा मामिला सम्बन्धी विशेषज्ञ बेल्लिङक्याटका क्रिस्टो ग्रोभेजले केही दिनअघि मात्र क्रेमलिनका वरिष्ठ सुरक्षा अधिकारीहरूलाई रुसले युक्रेन युद्ध हारेको यकिन भएको र पुटिनको सत्ता माथिको पकड खुकुलो हुँदै गइरहेको बताएका थिए । 

त्यसैगरी बेलायतका पूर्व गुप्तचर अधिकारी क्रिस्टोफर स्टिलेले हालै विभिन्न सुत्रलाई उद्धृत गर्दै पुटिन गम्भीर रूपमा बिरामी भएको तथा उनले स्वास्थ्य उपचारका लागि नियमित रूपमा बैठक छाड्ने गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै