2026-09-28 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी

जेठ ११, कोलम्बो | एजेन्सी | प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  देश आर्थिक संकटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।  

श्रीलंकाले विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ, जसका कारण इन्धन, खाद्यन्नलगायत अत्यावश्यक बस्तुको चरम अभाव देखिएको छ । आर्थिक संकटबीच महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले दुई साताअघि रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

वकिल हुँदै राजनीतिमा लागेका विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ । 

विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै