५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध

११ जेष्ठ २०७९, बुधबार ०८:२८

जेठ ११, इस्लामाबाद | एजेन्सी | पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल  जुलुस आयोजना गरेर नयाँ गठबन्धन सरकारलाई दबाब दिएका छन् ।


ताजा निर्वाचनको माग गर्दै हजारौँ मानिसहरूको नेतृत्व गरेर पूर्वक्रिकेटरसमेत रहेका खानले बुधबार उत्तरपश्चिमी सहर पेसावरमा रहेको आफ्नो पकड क्षेत्रबाट राजधानीतर्फ बढ्ने योजनामा छन् ।

प्रधानमन्त्री शहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारले खानका समर्थकहरूलाई सहरमा प्रवेश गर्नबाट रोक्ने जनाएको छ । सरकारले र्‍यालीलाई ‘देशलाई विभाजन गर्ने र अराजकता बढाउने प्रयास’ भनेको छ ।

‘कसैलाई पनि राजधानी घेरा हाल्न र आफ्नो शर्तहरू लाद्न दिनु हुँदैन’, गृहमन्त्री राना सनाउल्लाहले भने । प्रहरीले राजधानी जाने मुख्य राजमार्गहरूमा प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता