२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन

२०७९, १२ जेष्ठ बिहीबार ०३:१२

जेठ १२, इस्लामाबाद | पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण बढ्दो अशान्ति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको सरकार ‘रेड जोन’ सुरक्षाका लागि सेना परिचालन गर्न बाध्य भएको छ । अदालत, संसद भवन, राष्ट्रपति भवनलगायतका महत्वपूर्ण क्षेत्रमा सरकारले सेना परिचालन गरेकाे हाे । सरकारी सुरक्षा फौजको अवरोधबीच खानले नेतृत्व गरेको जुलुस बिहीबार बिहानै राजधानी इस्लामाबाद प्रवेश गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।  

‘राजधानी इस्लामाबाद क्षेत्रको कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै  सरकारले इस्लामिक गणतन्त्र पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत दिइएको शक्तिको प्रयोगमा पर्याप्त संख्यामा सेना परिचालन गर्ने अधिकार दिइएको छ ’, पाकिस्तानको गृहमन्त्री राना सनाउल्लाहले ट्वीटरमा पोस्ट गरेको सरकारी आदेशमा उल्लेख छ । 

देशमा बढ्दो तनावबीचमा इमरान खानले नेतृत्व गरेको जुलुस राजधानी प्रवेश गरेपछि पाकिस्तान सरकारले ‘महत्वपूर्ण सरकारी भवनहरूको सुरक्षा’ गर्न रेड जोनमा सेना तैनाथ गरेको हो । पाकिस्तानको सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालयलगायत महत्वपूर्ण सरकारी भवनको सुरक्षाका लागि उक्त निर्णय गरिएको सरकारी आदेशमा उल्लेख छ ।

यसअघि पूर्वप्रधानमन्त्री खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनलाई लक्षित गरी सरकारले बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकमा अवरोध तेर्साएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण