५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

१२ जेष्ठ २०७९, बिहीबार ०४:३१

जेठ १२, काबुल | अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो । तर रमजानको पवित्र महिनामा धेरै घातक बम विस्फोटहरू भएका छन् । 

बुधबार उत्तरी सहर मजार–ए–सरिफमा छुट्टाछुट्टै मिनी बसहरूमा राखिएका तीनवटा बम विस्फोट हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी र स्वास्थ्य अधिकारीले बताएका छन् ।

‘बमहरू सहरका विभिन्न जिल्लामा तीनवटा मिनी बसहरूमा राखिएको थियो’, बाल्ख प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले भने । विस्फोटमा अन्य १५ जना घाइते भएका छन् । मारिनेहरूमा तीन जना महिला छन् । 

त्यस्तै, राजधानी काबुलस्थित एउटा मस्जिदमा अर्को वम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । तर, काबुलको एक अस्पतालले सो विस्फोटमा मारिनेको संख्या पाँच पुगेको जनाएको छ । मस्जिदको  पंखाभित्र बम राखिएको प्राप्त विवरणमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता