५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै महँगो अन्त्येष्टि, ४७ जनाको अस्तु अन्तरिक्षमा सेलाइँदै

१२ जेष्ठ २०७९, बिहीबार ०८:०७

जेठ १२, काठमाडौँ | एजेन्सी | सबै मानिसको मृत्यु निश्चित छ । मृत्युपछि आफ्नो पार्थिव शरीरलाई कसरी अन्त्येष्टि गर्ने भन्ने विषयमा मानिसका अनेक खालका इच्छा हुन सक्दछन् ।

धर्म परम्परा अनुसार मृतकको अस्तुलाई नदीमा बगाउने वा कतै स्थापित वा विसर्जन गरेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन छ । कतिपय मानिसहरूमा यस्तो अनौठो इच्छा पनि हुनसक्दछन् कि आफू मरिसकेपछि आफ्नो शरीर तथा अस्तुलाई अन्तरिक्षमा विसर्जन गरियोस् ।


केही मानिसहरूले यस्तो इच्छा पनि जनाएका थिए कि मृत्युपछि भलै आफू यो दुनियाँबाट टाढा भइयोस् तर अन्तरिक्षमा सदैव चम्किरहियोस् । आफ्ना प्रियजनलाई विशेष प्रकारले बिदा गर्ने चाहना राख्ने मानिसहरू आफ्नो पार्थिव शरीरका अवशेषहरू अन्तरिक्षमा छाड्न चाहन्छन् । सोही इच्छा पूरा गर्नका लागि एउटा अन्तरिक्ष कम्पनी सेलेस्टिसले तयारी सुरु गरेको छ । उक्त कम्पनीले विभिन्न पाँच देशका ४७ जना व्यक्तिहरूको अवशेषलाई अन्तरिक्षमा विसर्जन गर्नेछ ।

उक्त कम्पनीले मृतकका अस्तुहरूलाई दूरसञ्चार उपग्रहहरुसँग जोडिरहेको छ, जुन फ्लोरिडाको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण हुनेछ । उक्त स्याटेलाइटले करिब एक दशकसम्म पृथ्वीको परिक्रमा गर्नेछ ।

सेलेस्टिसले उक्त स्याटेलाइटको लाइभ जीपीएस डाटा उपलब्ध गराउनेछ जसबाट मानिसहरूले आफ्ना मृतक प्रियजनको अवशेष अन्तरिक्षमा कहाँ छ भन्ने कुरा ट्रयाक गर्न सक्दछन् ।

स्याटेलाइट निस्क्रिय भएसँगै उक्त अवशेष स्याटेलाइट सँगै रहनेछ । स्याटेलाइट निस्क्रिय भएर पृथ्वीको वायुमण्डलमा प्रवेश गरेसँगै अवशेष र स्याटेलाइट समेत वातावरणमा दहन भएर विलिन हुनेछन् ।

यही हप्ता हुने प्रक्षेपण अगाडि सेलेस्टिसले एक असामान्य अन्तिम संस्कारका लागि एक कार्यक्रम आयोजना गरिरहेको छ । यो तीन दिनको एक कार्यक्रम हुनेछ जसमा संसारभरका १ सय ६० जना पाहुनाहरु सामेल हुनेछन् र प्रक्षेपणसम्मै रहनेछन् ।

अन्तिम संस्कारको अवशेषमा मार्जोरी डफटनको अवशेष पनि सामेल छ जसले १९५० को दशकको अन्त तथा १९६६० को दशकको सुरुआतमा नासाको पहिलो महिला मंगल मिसनको चालक दलको सदस्य बन्नका लागि तालिम लिएकी थिइन् ।

सन् २०२० मा उनको मृत्यु भएको थियो । सन् १९६२ मा मर्करी मिसन बन्द भएसँगै डफटन कहिल्यै पनि अन्तरिक्षमा जान पाइनन् । अब उनका पुत्र माइकल डफटन आमाको इच्छा पूरा गर्नका लागि उनका अवशेषहरूलाई अन्तरीक्षमा पठाउँदैछन् ।

अबको १० वर्षपछि जब स्याटेलाईट पृथ्वीको वायुमण्डलमा फिर्ता आएर दहन हुनेछ तब बाँकी सबै अवशेषसँगै आफ्नी आमा पनि एउटा तारामा परिणत हुने माइकलको विश्वास छ ।

स्मरण रहोस् सेलेस्टिसले यसअघि सन् २०१२ मा पनि ३२० जना मृतकको अवशेष अन्तरिक्षमा विसर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता