२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै महँगो अन्त्येष्टि, ४७ जनाको अस्तु अन्तरिक्षमा सेलाइँदै

२०७९, १२ जेष्ठ बिहीबार ०८:०७

जेठ १२, काठमाडौँ | एजेन्सी | सबै मानिसको मृत्यु निश्चित छ । मृत्युपछि आफ्नो पार्थिव शरीरलाई कसरी अन्त्येष्टि गर्ने भन्ने विषयमा मानिसका अनेक खालका इच्छा हुन सक्दछन् ।

धर्म परम्परा अनुसार मृतकको अस्तुलाई नदीमा बगाउने वा कतै स्थापित वा विसर्जन गरेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन छ । कतिपय मानिसहरूमा यस्तो अनौठो इच्छा पनि हुनसक्दछन् कि आफू मरिसकेपछि आफ्नो शरीर तथा अस्तुलाई अन्तरिक्षमा विसर्जन गरियोस् ।


केही मानिसहरूले यस्तो इच्छा पनि जनाएका थिए कि मृत्युपछि भलै आफू यो दुनियाँबाट टाढा भइयोस् तर अन्तरिक्षमा सदैव चम्किरहियोस् । आफ्ना प्रियजनलाई विशेष प्रकारले बिदा गर्ने चाहना राख्ने मानिसहरू आफ्नो पार्थिव शरीरका अवशेषहरू अन्तरिक्षमा छाड्न चाहन्छन् । सोही इच्छा पूरा गर्नका लागि एउटा अन्तरिक्ष कम्पनी सेलेस्टिसले तयारी सुरु गरेको छ । उक्त कम्पनीले विभिन्न पाँच देशका ४७ जना व्यक्तिहरूको अवशेषलाई अन्तरिक्षमा विसर्जन गर्नेछ ।

उक्त कम्पनीले मृतकका अस्तुहरूलाई दूरसञ्चार उपग्रहहरुसँग जोडिरहेको छ, जुन फ्लोरिडाको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण हुनेछ । उक्त स्याटेलाइटले करिब एक दशकसम्म पृथ्वीको परिक्रमा गर्नेछ ।

सेलेस्टिसले उक्त स्याटेलाइटको लाइभ जीपीएस डाटा उपलब्ध गराउनेछ जसबाट मानिसहरूले आफ्ना मृतक प्रियजनको अवशेष अन्तरिक्षमा कहाँ छ भन्ने कुरा ट्रयाक गर्न सक्दछन् ।

स्याटेलाइट निस्क्रिय भएसँगै उक्त अवशेष स्याटेलाइट सँगै रहनेछ । स्याटेलाइट निस्क्रिय भएर पृथ्वीको वायुमण्डलमा प्रवेश गरेसँगै अवशेष र स्याटेलाइट समेत वातावरणमा दहन भएर विलिन हुनेछन् ।

यही हप्ता हुने प्रक्षेपण अगाडि सेलेस्टिसले एक असामान्य अन्तिम संस्कारका लागि एक कार्यक्रम आयोजना गरिरहेको छ । यो तीन दिनको एक कार्यक्रम हुनेछ जसमा संसारभरका १ सय ६० जना पाहुनाहरु सामेल हुनेछन् र प्रक्षेपणसम्मै रहनेछन् ।

अन्तिम संस्कारको अवशेषमा मार्जोरी डफटनको अवशेष पनि सामेल छ जसले १९५० को दशकको अन्त तथा १९६६० को दशकको सुरुआतमा नासाको पहिलो महिला मंगल मिसनको चालक दलको सदस्य बन्नका लागि तालिम लिएकी थिइन् ।

सन् २०२० मा उनको मृत्यु भएको थियो । सन् १९६२ मा मर्करी मिसन बन्द भएसँगै डफटन कहिल्यै पनि अन्तरिक्षमा जान पाइनन् । अब उनका पुत्र माइकल डफटन आमाको इच्छा पूरा गर्नका लागि उनका अवशेषहरूलाई अन्तरीक्षमा पठाउँदैछन् ।

अबको १० वर्षपछि जब स्याटेलाईट पृथ्वीको वायुमण्डलमा फिर्ता आएर दहन हुनेछ तब बाँकी सबै अवशेषसँगै आफ्नी आमा पनि एउटा तारामा परिणत हुने माइकलको विश्वास छ ।

स्मरण रहोस् सेलेस्टिसले यसअघि सन् २०१२ मा पनि ३२० जना मृतकको अवशेष अन्तरिक्षमा विसर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने