2026-09-28 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनकर्मीको काममा हस्तक्षेप नगर्न सर्वोच्च अदालतले भारतको प्रहरीलाई आदेश

जेठ १२, नयाँ दिल्ली | एजेन्सी | भारतको सर्वोच्च अदालतले वेश्यावृत्ति वा यौनकर्म पनि एक व्यवसाय भएको बताएको छ । 

अदालतले सबै राज्य र केन्द्रशासित प्रदेशका प्रहरीलाई यौनकर्मीको काममा हस्तक्षेप नगर्न आदेश दिएको छ । वयस्क व्यक्तिले सहमतिका आधारमा यौनकर्मीसँग सम्पर्क गर्दा दुवै पक्षविरुद्ध फौजदारी कारवाही गर्न प्रहरीले नपाउने अदालतको आदेश छ । 

यौनकर्मीहरूले प्रहरीबाट खेप्नुपरेको हैरानीका विरुद्ध अदालतमा परेको निवेदनमा सुनुवाइ गर्दै अदालतले यौनकर्मीहरूसँग पनि कानूनबमोजिम सुरक्षाको अधिकार रहेको बतायो । 

न्यायाधीशत्रय नागेश्वर राय, बीआर गवई र एएस बोपन्नाको संयुक्त इजलासले यौनकर्मीहरूको अधिकार सुरक्षित राख्नका लागि ६ वटा निर्देशन जारी गरेको छ । यौनकर्मीहरू पनि देशको नागरिक भएको र उनीहरू पनि कानूनी संरक्षणको हकदार भएको अदालतको भनाइ छ । 

यौनकर्मीहरूप्रति प्रहरी संवेदनशील बन्नुपर्ने अदालतले आदेश दिएको छ । उनीहरूको घरमा छापा मार्दा प्रहरीले यौनकर्मीलाई पक्राउ वा हैरान गर्न नहुने पनि अदालतले बताएको छ । स्वेच्छाले वेश्यावृत्ति गर्नु अवैध नभएको, वेश्यालय चलाउनु मात्र गैरकानूनी भएको अदालतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै