2026-10-25 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी

जेठ १४, नयाँ दिल्ली | तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् । 

तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ ? डाक्टरहरूका लागि एक विशेष डेटिङ साइट भारतमा चर्चामा छ, जसले डाक्टरहरूलाई मात्र जाेडी मिलाउने काम गरिरहेको छ ।

अडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टअनुसार मेडिको लाइफ पार्टनर नामको भारतीय डेटिङ साइट आजभोलि चर्चामा छ  र सामाजिक सञ्जालमा यसको निकै आलोचना पनि भइरहेको छ ।

डाक्टरहरूलाई मात्र स्वीकार गर्ने मेडिको लाइफ पार्टनर नामक  डेटिङ साइटबारे विवाद बढेको हो । यसले वर्गवादलाई बढावा दिएको धेरैले आरोप लगाएका छन् । मेडिको लाइफ पार्टनर एक अनलाइनमार्फ जोडी मिलाइदिने साइट हो जसले पुरुष र महिला डाक्टरहरूलाई उच्च गुणस्तरका साथी खोज्न मद्दत गर्ने दाबी गरिएको छ ।  

वेबसाइटले सबै धर्म, जाति र भूगोलका डाक्टरहरूले दर्ता गर्न सक्ने जनाएको छ । केही हदसम्म  भारतमा यो लोकप्रिय भएको देखिन्छ । 

जात, धर्म र समुदायको आधारमा पहिलेदेखि नै विभेद रहेको भारतमा एउटा जागिर र एउटै वर्गको मात्रै प्रचारप्रसार गर्ने साइटको अस्तित्व नै गलत भएको कतिपयको  भनाइ छ ।

यस साइटमा दर्ता गर्ने व्यक्तिहरूले निःशुल्क योजना लिन पनि सक्छन्जसमा उनीहरूले अरू कसैको फोन नम्बर देख्न वा सन्देश गर्न सक्दैनन् । ३ हजार८२५ भारु र १८ हजार ९०० भारुको प्याकेज पनि छ जसमा उनीहरुले अझ राम्रो सुविधा पाउँछन् । साइटको विवरणमा पनि केहि लेखिएको छ जुन मानिसहरूलाई आपत्तिजनक लाग्छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने