पूर्वीयुक्रेनतर्फ निरन्तर बढ्दै रुसी सेना

साझासवाल

<p><b>जेठ १४, किभ |</b> पूर्वी दोनबास क्षेत्रलाई नियन्त्रण गर्न अथक प्रयासमा रहेका रुसी सेनाहरू शुक्रबार रणनीतिक सहर सेभेरोदोनेत्स्कमा पुगेका छन् । रुस समर्थक पृथकतावादीहरूले सेभेरोदोनेत्स्क र क्रामाटोर्सकको बीचमा रहेको लिमान सहरलाइ कब्जा गरेको बताएका छन् ।&nbsp; तिनीहरू अझै पनि कीभको नियन्त्रणमा रहेका मुख्य सहरहरूमा जाने बाटोतर्फ बढिरहेका छन् ।<br></p><p>रुसी सेनाहरू पृथकतावादीको बाहुल्य रहेको लुगान्स्क प्रान्तको सेभेरोदोनेत्स्क र लिसिचान्स्क नजिक बढेका छन् । लुगान्स्क प्रान्त क्रामतोर्स्कमा रहेको युक्रेनको पूर्वी प्रशासनिक केन्द्रको लागि महत्वपूर्ण मार्ग हो ।</p><p>यसैबीच, रूसी आध्यात्मिक अधिकारीविरुद्ध ऐतिहासिक कदममा युद्धले युक्रेनको मस्को–समर्थित अर्थोडक्स चर्चको शाखाले रूससँग सम्बन्ध तोडेको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply