2026-09-28 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलालाई भन्दा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ

जेठ १६, न्युयोर्क | एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् ।

‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको अधिक सापेक्षिक ताप वा कार्बन डाइअक्साइडका कारण ठूला शरिर भएका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन्’, अध्ययनमा भनिएको छ । पहिले यो विश्वास थियो कि लामखुट्टे पुरुषभन्दा महिलाप्रति बढी आकर्षित हुन्छन् ।

सन् २००० मा ल्यान्सेटले गरेको अध्ययनमा अन्य महिलाले भन्दा गर्भवती महिलाहरूले लामखुट्टेलाई बढी आकर्षित गर्ने निस्कर्ष निकालिएको  थियो । 

गर्भवती महिलाहरूले श्वसमार्फत अधिक मात्रामा कार्बन डाइअक्साइड फाल्ने र शरीरको ताप उच्च हुँदा उनीहरूलाई लामखुट्टेले सजिलै पत्ता लगाउने अध्ययनमा उल्लेख थियो । 

न्यूयोर्कको एलर्जी एण्ड अस्थमा केयरका डा. क्लिफर्ड डब्ल्यु बससेटका अनुसार कार्बन डाइअक्साइडका अतिरिक्त ल्याक्टिक एसिड पनि लामखुट्टेलाई बलियो आकर्षण गर्ने तत्व हो । त्यसैले मानिसलाई बाहिर निस्कँदा र पसिना आउँदा लामखुट्टेले बढी टोक्छ ।

रोचक पक्ष के छ भने पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, किनभने तिनीहरूले मानव शरीरको रगतबाट प्रोटिन निकाल्छन्, जसले तिनीहरूको अण्डा बढाउन मद्दत गर्दछ ।

अध्ययन एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै