जर्मनीमा दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको आदेश

साझासवाल
1 Min Read

जेठ १६, वर्लिन | एजेन्सी | दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।

दुर्लभ क्रेस्टेड लार्कलाई बचाउने पहल स्वरुप अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।  यो चराले आफ्नो गुँड जमिनमा बनाउँछ ।  बिरालोका लागि यो चरा सजिलो शिकार मानिन्छ ।

पछिल्ला दशकमा पश्चिम युरोपमा चराहरूको संख्या तीव्र रूपमा घटेको छ । अधिकारीहरूका अनुसार पछिल्लो आदेश शहरको दक्षिणी भागमा सबै बिरालाहरूमा लागू हुन्छ र आगामी तीन वर्षसम्म निश्चित अवधिमा यो आदेश दोहो-याइनेछ ।

तर, अधिकारबादीहरूले सरकारको आदेशको विरोध गरेका छन् । क्षेत्रीय पशु संरक्षण संघका प्रमुखले उक्त आदेशलाई चुनौती दिन कानुनी कदम चाल्ने योजना बनाएका छन् ।

‘यो अन्यायपूर्ण कदम रोक्न हामीले सक्दो प्रयास गर्नेछौं’,उनले भने ।

Share This Article
Leave a Comment

Leave a Reply