2026-09-28 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

जेठ १९, न्युयोर्क | एजेन्सी | सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् । मानवतालाई ‘बहु–ग्रहको प्रजाति’ बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका थिए । 

Elon Musk Says He'll Take Humans To Mars In Five Years, But Is It Possible?

स्पेसक्राफ्ट इन्जिनियरिङ कम्पनीले मंगल ग्रहमा चालक दल र कार्गो लैजान सक्ने रकेटको नमूना विकास गरिरहेको छ । मस्कले सन् २०११ को अप्रिलमा अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलसँगको एक अन्तर्वार्तामा मंगल ग्रहमा मानिसलाई पठाउने विषयमा आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

उक्त अन्तर्वामा मस्कले मंगल ग्रहमा मानिस कहिले अवतरण गर्न सक्छन् भन्ने समयसीमा दिएका थिए । ‘ भनेजस्तो भए १०  वर्ष । खराब अवस्था आए १५ देखि २० वर्ष’ मस्कले भनेका थिए । एउटी नयाँ आमाले प्रशान्त महासागरमा आफ्नो छोरालाई जन्म दिएको भिडियो शेयर गरेपछि भाइरल भएको छ ।

१० वर्ष बितेपछि उनको अन्तवार्ताबारे फेरि चर्चा हुन थालेको छ । उनको भनाईको स्कृन सटलाई ट्वटीर प्रयोगकर्ताले सेयर गरेका छन् । भिडियो भाइरल भएको छ । भिडियोमा ३७ हजार ६ सयले लाइक गरेका छन् भने ३ हजार ४८ पटक रिट्वीट गरिएको छ । भिडियोबारे सयौँले कमेन्ट गरेका छन् । 

‘उनको सो प्रतिज्ञा पूरा गर्न मस्कलाई हामी सक्दो चाँडो पठाऔँ,’ एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा जोक गरेका छन् । ‘ ए मस्क, मंगल मिसनबारे तपाइँ कहाँ हुनुहुन्छ ?’, अर्का प्रयोगकर्ताले प्रश्न गरेका छन् । 

ट्वीटरमा नै मस्कले यसै वर्षको सुरुमा सन् २०२९ मा मानिसले मंगलमा पहिलो पाइला राख्न सक्ने संकेत गरेका थिए । ‘सन् २०२९ एक निर्णायक वर्ष जस्तै लाग्छ । हामीसँग एजीआई छैन भने म छक्क पर्नेछु । आशा छ, मंगल ग्रहमा मानिसहरू पनि’ उनले ट्वीट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै