2026-09-28 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा एकैपटक ३० रुपैयाँ महँगो भयो पेट्रोल, अब एक लिटरको २०९ रुपैयाँ

जेठ २०, काठमाडौं | पाकिस्तानमा आजकाल पेट्रोलको मूल्य आकासिएको छ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन् ।

अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ । अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल्यमा ३० रुपैयाँ वृद्धि गरेको थियो । पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबाट ऋण लिनका लागि उसले कडा शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ ।

यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बिजुली महसुल महँगो गर्दै ७.९१ रुपैयाँ प्रति युनिटको वृद्धि गरेको छ । पाकिस्तानमा डिजेल अब २०४.१५ प्रति लिटर छ भने मट्टीतेलको मूल्य १९१.९४ प्रति लिटर पुगेको छ ।

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले यी निर्णयले महँगी बढ्ने र मानिसलाई समस्या पनि पार्ने बताउँदै मुलुकलाई गरिबीबाट जोगाउनका लागि यो आवश्यक भएको बताएका छन् ।

पाकिस्तानी अर्थमन्त्रीले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तान गरिबीतर्फ धकेलिएको र यसलाई रोक्न कठोर निर्णय लिनुपरेको बताए ।

पाकिस्तानी अर्थमन्त्रीले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तानले पेट्रोलमा दिइने अनुदानको रुपमा प्रतिमहिना १२० देखि १३० अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको बताए । नयाँ मूल्यले अनुदानमा मासिक २५ अर्ब रुपैयाँ घटाउने मिफ्ताहले बताए ।

आगामी महिनाहरूमा पाकिस्तानमा धेरै विदेशी ऋण दायित्वहरू छन् । यस्तो अवस्थामा आईएमएफबाट ऋण लिनुपर्ने बाध्यता छ । यदि पाकिस्तानले आईएमएफबाट ऋण नपाएमा डिफल्टर हुने खतरा छ । मिफ्ताह इस्माइलले मे २८ मा चीन, युएई र साउदी पाकिस्तानलाई ऋण दिन उदार भएको बताएका थिए तर अहिले यी तीन देशले पनि पहिले आइएमएफमा जानुपर्छ भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै