2026-09-28 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोनी डेपसँग मुद्धा हारेकी एम्बरलाई साउदी युवकको विवाह प्रस्ताव

एजेन्सी | हलिउड अभिनेता जोनी डेप र उनकी श्रीमती एम्बर हर्डका मानहानी मुद्धा ६ हप्ता लामो सुनुवाईपछि समाप्त भइसकेको छ । भर्जिनियाको फेयरफेक्समा चलेको मुद्धामा जोनीले जितेका छन् । यो मुद्धा सकिएसँगै एम्बरलाई विवाहको प्रस्ताव आएको छ ।

समाचारअनुसार साउदी अरबका एक व्यक्तिले मुद्धा हारेकी एम्बरलाई विवाह गर्ने प्रस्ताव गरेका हुन् ।  उनले इन्स्टाग्राममा एम्बरलाई एक भ्वाइस सन्देश पठाएका छन् र आफूलाई जोनीभन्दा उत्कृष्ट पुरुष मानेका छन् ।

सामाजिक सञ्जालमा यो भ्वाइस नोट निकै भाइरल भइरहेको छ । ‘एम्बर सबै ढोका तपाईंका लागि बन्द भएका छन् । यस्तो अवस्थामा तपाईंको हेरचाह गर्ने मबाहेक अरु कोही छैनन् । मैले देखेको छु कि केही व्यक्ति तपाईंलाई घृणा गर्छन् र तपाईंलाई धम्क्याउछन् । यसकारण मैले आफ्नो विवाहको निर्णय लिएको छु । अल्लाह हामी दुबैकाे भलो गरुन् । तपाईं एक वरदान जस्तै हुनुहुन्छ, तर मानिसहरु यसको सराहना गर्दैनन् । म त्यो बुढो मान्छेभन्दा उत्कृष्ट छु’, उनले भनेका छन् ।

अदालतमा मुद्धा चलिरहँदा जोनीले अदालतमा एम्बरले आफूलाई घरेलु शोषणको शिकार गरेर आफ्नो बदनाम गरेको दाबी गरेका थिए । लामो सुनुवाईपछि न्यायाधीशले एम्बरलाई जोनीलाई १५ मिलियन हर्जाना तिर्न आदेश दिएका थिए । यही मुद्धासँग जोडिएको घरेलु हिंसा मामलामा जोनीले २ मिलियन डलर एम्बरलाई दिनुपर्ने पनि अदालतले आदेश दिएका थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै