2026-10-25 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पब्जी खेल्न नदिएको झोंकमा भारतमा एक किशोरले गरे आमाको हत्या, तीन दिनपछि बुवालाई जानकारी!

जेठ २५, काठमाडौं | एजेन्सी | मोबाइलमा खेलिने चर्चित खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक १६ वर्षे किशोरले आफ्नै आमाको हत्या गरेका छन्। ती किशोरले आमालाई गोली प्रहार गरी हत्या गरेको बताइएको छ।

आमाको हत्यापछि तीन दिनसम्म घरमै बसेको र उनले बुवालाई फोनमार्फत जानकारी दिएको भास्कर अनलाइनले जनायो। उनका बुवा बाराणसीका नवीनकुमार सिंह सेनाका जुनियर कमिसन्ड अफिसर हुन्। नवीन पश्चिम बंगालमा कार्यरत थिए।

घरमा १० वर्षीया बहिनी रहेको र उनलाई पनि धम्की दिएर राखेको पाइएको प्रहरीले जनायो। बुवालाई जानकारी दिएपछि उनको घरमा प्रहरी पुगेका थिए। उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा यो परिवारको बसाइ थियो। नवीनकुमारकी श्रीमती ४० वर्षीया साधाना हुन्।

शनिवार घटना भएको र मंगलवार रातिमात्र ती किशोरले भिडियो कल गरी बुवालाई हत्याबारे जानकारी दिएका हुन्। उनले भिडियोबाटै आमाको शवसमेत देखाएका थिए। तुरुन्तै नवीनले एक नातेदारलाई फोन गरेपछि त्यहाँ प्रहरी पुगेका थिए। त्यहाँको हालत देखेर प्रहरी र नवीनका नातेदार चकित परेका थिए।

प्रहरीका अनुसार नवीनका छोरालाई पब्जी खेल्ने लत लागेको थियो। साधनाले मोबाइलमा नखेल्न रोक्थिन्। शनिवार राति पनि साधनाले आफ्नो छोरालाई नखेल्न भनेकी थिइन्। त्यसपछि उनी रिसाए। रातको २ बजे जब साधना निद्रामा थिइन् उनले बुवाको पेस्तोल निकालेर आमालाई प्रहार गरिन्। त्यसपछि उनले आफ्नी १० वर्षीया बहिनीलाई पनि धम्क्याएर एउटा कोठामा बन्द गरिदिइन्। प्रहरी बन्द कोठामा पस्दा छोरी साधनाको शवसँगै डराउँदै सुतिरहेकी थिइन्। शव नजिकै पेस्तोल भेटिएको प्रहरीले जनाएको छ। पेस्तोलमा कुनै गोली बाँकी नरहेकोले कति गोली प्रहार गरेको हो भन्ने बारे अनुसन्धान जारी रहेको बताइएको छ।

गत अक्टोबरबाटै आमाछोराको ठाकठुक परेको नवीन कुमारले बताएका छन्। अक्टोबरमा छोराको जन्मदिन थियो। जन्मदिन मनाएपछि साँझ आमाको बारेमा छोराले बुवालाई गुनासो गरेका थिए। त्यसै विषयमा दुई जनाको विवाद चर्किएको थियो। त्यस दिनदेखि साधनाले आफ्नो छोरालाई पिट्ने कुट्ने गरेको खुलेको छ। त्यसो त घटनाको दुई दिन पहिले १० हजार रुपैयाँ चोरेको आरोपमा साधनाले छोरालाई पिटेको बताइएको छ।

भारत सरकाले २०२० को सेप्टेम्बर ३ बाट पब्जी खेल प्रतिबन्ध लगाएको थियो। तर भारतमा पब्जी खेल्न रोकिएको छैन भन्ने यही घटनाबाट प्रमाणित भएको छ। अरु नै ब्राउजर प्रयोग गरेर धेरैले पब्जी खेल्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। एपिके फाइललाई फोनमा डाउनलोड गरेपछि सजिलैसँग पब्जी खेल्न सकिन्छ। हालै यही प्रविधि प्रयोग गरी मध्यप्रदेशमा पब्जी खेल खेलेको खुलासा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने