2026-09-28 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल कायदाले दियो भारतमा अतिवादी हमलाको धम्की

जेठ २५, नयाँ दिल्ली | एजेन्सी | अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ । पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको हो । 

६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ । ‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको उल्लेख छ ।

१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन । बहसमा उनले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेकी थिइन् । 

उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला  भाजपाका अर्का नेता नविन कुमार जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेका थिए । विरोधपछि उक्त ट्वीट उनले हटाएका थिए । 

सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निस्काशन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै