2026-09-28 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्वीटर किन्ने सम्झौताबाट पछि हट्ने एलन मस्कको संकेत, तिर्नुपर्नेछ सवा खर्ब जरिवाना

जेठ २५, काठमाडौँ । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्क र सोसल मिडिया प्लाटफर्म ट्वीटर यो वर्षको सुरुवातदेखि नै चर्चामा रहँदै आएका छन् ।

सुरुमा ट्वीटर कम्पनीको १० प्रतिशत शेयर किनेर तहल्का मच्चाएका एलन मस्कले पछि ट्वीटर कम्पनी नै  खरीद गर्ने प्रस्ताव गरेपछि धेरैले यसलाई पत्याएनन् । तर ट्वीटरको बोर्डले नै मस्कको प्रस्ताव बमोजिम कम्पनी बिक्री गर्ने निर्णय गरेपछि मस्क र ट्वीटरबीच कम्पनी खरीदको समझदारी भयो ।

तर पछिल्लो समय मस्कले ट्वीटर खरीदको समझदारीबाट पछि हट्ने संकेत गरिरहेका छन् । उनले ट्वीटरसँग भएको सम्झौता भंग गर्ने चेतावनी नै दिएका छन् ।

ट्वीटरमा रहेका फेक अकाउन्टहरुको तथ्यांक प्रष्ट रुपमा उपलब्ध गराउन माग गर्दै उनले यदि कम्पनीले त्यस्तो डाटा उपलब्ध नगराएमा आफूले ट्वीटर खरीद नगर्ने बताएका हुन् ।

यही कारण देखाउँदै उनले अघिल्लो महिना नै ट्वीटर खरीद सम्झौतालाई यथास्थितिमा राखेको घोषणा गरेका थिए । ट्वीटरमा रहेका फेक वा स्पाम अकाउन्टको संख्या कूल अकाउन्टको कति प्रतिशत हो भन्ने आफूले जान्न चाहेको र ट्वीटर कम्पनीबाट यसको एकीन र प्रमाणित जवाफ नआएसम्म खरीद सम्झौता यथास्थितिमा रहने उनले बताएका थिए । ट्वीटरले आफ्नो प्लाटफर्ममा फेक अकाउन्टको संख्या ५ प्रतिशत भन्दा पनि कम रहेको दाबी गर्दै आएको छ, तर एलन मस्क त्यसलाई मान्न तयार छैनन् । फेक अकाउन्टको संख्या त्यो भन्दा निकै बढी रहेको उनको दाबी छ ।

फेक तथा स्पाम अकाउन्टको एकिन संख्या नदिइएको निहुँमा ट्वीटर खरीदको सम्झौता नै भंग गर्ने एलन मस्कले चेतावनी दिएपनि त्यो त्यति सजिलो भने छैन । सेक्योरिटी एक्सचेन्ज फाइलिङका अनुसार ट्वीटर तथा एलन मस्कमध्ये कोही पनि उक्त सम्झौताबाट पछि हट्नु निकै महंगो सावित हुनेछ । किनकी सम्झौताबाट पछि हट्ने पक्षले १ अर्ब डलर अर्थात् झण्डै सबा खर्ब रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

ट्वीटर कम्पनी त मस्कसँगको खरीद बिक्री सम्झौताबाट टसमस भएको छैन । तर यदि मस्क सम्झौताबाट पछि हटेमा उनले १ अर्ब डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।

यो विषयलाई लिएर ट्वीटर कम्पनी अदालतमा पनि जान सक्दछ । त्यसैले त्यही जरिवानाबाट बच्नका लागि मस्कले फेक अकाउन्टको विषयलाई लगातार उठाइरहेका छन् । सम्झौताका क्रममा धोकाधडी भएको, ट्वीटर पक्षले गलत जानकारी दिएको हुनाले वस्तुगत रुपमा खराब असर पर्ने अवस्था रहेको कुरा स्थापित गर्दै एलन मस्क जरिवानाबाट बच्न चाहेको अड्कलबाजी गरिएको  छ ।

उसो त एलन मस्क र ट्वीटरका सीईओ पराग अग्रवालबीच पनि मतभेद रहेको छ । मस्कले ट्वीटरमा फेक अकाउन्टको वास्तविक संख्या कम्पनीले बताएको भन्दै निकै धेरै रहेको दाबी गरेको विषयमा अग्रवालले ट्वीट गर्दै खण्डन गरेका थिए । उनले पछिल्लो चार त्रैमासिक यता ट्वीटरमा फेक अर्थात् बोट अकाउन्टको संख्या ५ प्रतिशत पनि कम रहेको प्रष्ट पारेका छन् । यद्यपि अग्रवालको उक्त ट्वीटपछि एक पत्रकार सम्मेलन गरी मस्कले फेक, बोट वा अटोमेटेड अकाउन्टको संख्या ट्वीटरका कूल अकाउन्टमध्ये करीब २० देखि २५ प्रतिशत रहेको दाबी गरे ।

कतिपय विश्लेषकहरु चाहिँ मस्कले ट्वीटरको मूल्य घटाएर कम रकममा खरीद गर्नका लागि फेक अकाउन्टको बखेडा झिकेर कम्पनीमाथि लगातार दबाब दिइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै