2026-09-28 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता

जेठ ३०, बेइजिङ | एजेन्सी | दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको  वार्ता गरिसकेका छन् । तर, पनि दुई देशका सीमामा अशान्ति बढ्दो छ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् । उनले दुवै देशले वास्तविक नियन्त्रण रेखामा शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका हुन् । सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हितमा रहेको र त्यसका लागि दुवै पक्ष सहमतिमा पुग्न निकै प्रयासरत रहेको बताए ।

एलएसीमा भएका द्वन्द्वबारे रक्षामन्त्री फेङ्गले भने, ‘हामीले भारतीयहरूसँग कमाण्डर स्तरमा १५ चरणको वार्ता गरेका छौं  । हामी यस क्षेत्रमा शान्ति स्थापना गर्न मिलेर काम गरिरहेका छौँ ।’ तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाए ।

‘हामीले भारतीय पक्षको स्वामित्वमा रहेका धेरै हतियार फेला पारेका छौं । उनीहरूले मानिसहरूलाई चिनियाँ भूभागमा पनि पठाएका छन्’फेङ्गले भने । इन्डो प्यासिफिक क्षेत्रमा उसको सक्रियतालाई लिएर उनले अमेरिकाको समेत आलोचना गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै