2026-09-28 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो हो विश्वकै ठूलो जाफा केक

जेठ ३०, लन्डन | १६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली  एकै ठाँउमा मिसाउँदा के बन्ला ? यसको उत्तर पनि सजिलो छ–विश्वकै सबैभन्दा ठूलो जाफा केक । पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर यस्तो केक तयार पारेकी हुन् । अन्य केकभन्दा सयौँ गुणा ठूलो उक्त केकको व्यास १७५ सेन्टिमिटर छ । 

क्विनले बेलायतको गट ट्यालेन्ट कार्यक्रमको १५औँ  वार्षिकोत्सवमा ८० किलो केक तयार गरेकी थिइन् । उनले भनिन्, ‘मैले पाँच वर्षअघि बनाएको कीर्तिमान तोड्नको लागि म्याकभिटीसँग साझेदारी गर्न पाउँदा एकदमै खुशी लागेको छ । यस्तो प्रतिष्ठित केकको साथ बेलायतको गट ट्यालेन्टको १५औँ जन्मदिन मनाउन पाउँदा ठूलो खुशी लाग्यो । ’

सन् २०१३ मा द ग्रेट ब्रिटिस बेक अफको चौथो शृंखला जित्ने सुश्री क्विनले २०१७ मा बनाएको आफ्नै गिनिज वल्र्ड रेकर्ड तोडेकी हुन् । झन्डै २ मिटर फराकिलो सो केक बनाउन ११ घन्टा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै