2026-09-28 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुरोटका प्रत्येक खिलीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

जेठ ३१, ओटावा | क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् । 

सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले जसले प्रायः ‘सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई बेवास्ता गर्दै’ चुरोटमा पहुँच राख्छन् । यस विषयमा शनिबारदेखि ७५ दिने सार्वजनिक वहस कार्यक्रम सुरु हुँदैछ । 

‘खिलिमा नै स्वास्थ्यसम्बन्धी सावधानी सन्देश राख्दा यो मानिसहरूसम्म पुगेको सुनिश्चित हुनेछ,’ मन्त्री बेनेटले भनिन् । सन् २००१ मा चुरोटको प्याकेटमा राखिएको सावधानीसहितको फोटो सरकारले अपेक्षा गरेजस्तो प्रभावकारी नभएको उनले बताइन् ।

सरकारले ल्याउन लागेको नयाँ प्रस्तावको क्यानडाको हर्ट एन्ड स्ट्रोक फाउन्डेसनले स्वागत गरेको छ । ‘क्यानाडामा अब विश्वमा चुरोटका लागि सबैभन्दा बलियो स्वास्थ्य चेतावनी प्रणाली हुनेछ’ फाउन्डेसनका सीईओ डग रोथले भने । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै