2026-09-28 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

असार २, न्युयोर्क | एजेन्सी | सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् । 

 यस महिनाको सुरुमा वाशिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो  । ‘अन्ततः ४१ वर्ष २ महिना र १५दिनपछि स्वतन्त्रत !!!’, उनले बिहीबार ट्वीट गरेका छन् ।

हाल ६७ वर्षीय हिन्क्लेले ३० मार्च १९८१ मा वाशिंगटनको एउटा होटलबाहिर रिभल्भरले पूर्वराष्ट्रपति रेगन र अन्य तीन जनालाई गोली हानेका थिए।

चलचित्र ‘ट्याक्सी ड्राइभर’ हेरेपछि अभिनेत्री जोडी फोस्टरप्रति ‘पागल’  बनेका हिन्कोले उनलाई प्रभाव पार्न गोलीकान्ड गरेको बताएका थिए । उनले गोली हानेका सबै जना बाँचेका थिए । यद्यपि, रेगनका प्रेस सेक्रेटरी जेम्स ब्राडीलाई आंशिक रूपमा पक्षाघात भएको थियो । 

सन् १९८२ मा भएको सुनुवाईमा उनको मानसिक समस्यालाई आधार मान्दै हिन्कलाई निर्दोष सावित गर्दै वाशिंगटनस्थित सेन्ट एलिजाबेथ अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी ३४ वर्ष रहे । 

उनी सन् २०१६को सेप्टेम्बरमा रिहा भएका थिए । तर, प्रतिबन्धहरूको लामो सूचीअन्तर्गत  उनी ६ वर्ष भर्जिनियाको एउटा गेट समुदायमा आफ्नी वृद्ध आमासँग बस्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै