2026-09-28 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकको आग्रहमा कुखुरालाई भाङ खुवाइँदै, आखिर किन ?

असार ३, काठमाडौं | एजेन्सी | एन्टिबायोटिक्सबाट बचाउनका लागि थाइल्याण्डका किसानले आफ्ना कुखुरालाई भाङ खुवाइरहेका छन् । थाइल्याण्डको उत्तरमा रहेको शहर लाम्पाङमा कुखुरा फार्म सञ्चालन गरिरहेकाहरुले वैज्ञानिकको आग्रहमा पट–पोल्ट्री प्रोजेक्ट (पिपिपी) सुरु गरेका छन् । यो प्रोजेक्ट चियाङ्ग माई युनिभर्सिटीको कृषि विभागका वैज्ञानिकको आग्रहमा सुरु गरिएको हो । यसबारे सबैभन्दा पहिला रिपोर्ट द नेशनल थाइल्याण्डमा छापिएको थियो ।

किसानले आफ्ना कुखुरालाई एन्टीबायोटिक औषधी दिँदासमेत तिनीहरुलाई एभियन ब्रोन्काइटिस नामको रोगले समातेको बताएका थिए । त्यसपछि यी कुखुरालाई पिपिपी अन्तर्गत भाङ भएका डाइटमा राखियो । यहाँका केही फार्मसँग भाङ फलाउनका लागि लाइसेन्स छ । भाङले कुखुराको स्वास्थ्यमा कस्तो असर पर्यो भन्नेबारे उनीहरुले अब निगरानी गरिरहेका छन् ।

हजारभन्दा बढी कुखुरालाई दिइयो भाङ मिसाइएको खाना

पिपिपी अनुसन्धानमा हजारभन्दा बढी कुखुरालाई विभिन्न मात्रामा भाङको डोज दिइयो । यसो गरेर भिन्न डोजले कुखुरामा पार्ने असर के कस्तो हुन्छ भनेर पत्ता लगाउने कोसिस गरिएको छ । यीमध्ये कतिलाई सिधै पात दिइएको छ भने केहीलाई पानीमा भाङ घोलेर दिइएको छ । त्यसपछि वैज्ञानिकले कुखुरामाथि लगातार निगरानी गरिरहेका छन् । कुखुराको विकास, स्वास्थ्य र यसका मासु र अण्डामा कस्तो फरक पर्ला भन्नेबारे जानकारी लिइँदै छ ।

भाङ खाने कुखुराको मासु र व्यवहारमा फरक छैन

वैज्ञानिकले हालसम्म यो अनुसन्धानको कुनै डाटा प्रकाशित गरेको छैन तर भाङ खुवाइएका कुखुरामध्ये केहीलाई मात्रै एभियन ब्रोन्काइटिस रोगले सताइरहेको छ भन्ने जानकारी भने दिइएको छ । वैज्ञानिकका अनुसार समस्या देखिएकाहरुमा पनि असर निकै न्युन रहेको छ । अनुसन्धानमा भाङ खुवाइएका कुखुराको मासुमा न त कुनै असर देखिएको न यिनीहरुका व्यवहारमा कुनै परिवर्तन देखिएको बताइएको छ । स्थानीयले भाङ खाइरहेका कुखुराको मासु पकाएर खाएको र उनीहरुलाई पनि कुनै समस्या नदेखिएको उक्त अनुसन्धानमा बताइएको छ ।

गाँजा–भाङलाई वैधानिक गर्ने पहिलो एशियाली देश हो थाइल्याण्ड

अब यो अनुसन्धानको सफलतापछि थुप्रै किसान आफ्ना कुखुरालाई भाङ खुवाउने प्रोजेक्टमा समावेश भइरहेका छन् । भाङको प्रयोगले कुनै हानी नभई कुखुरालाई एन्टिबायोटिक र रोगबाट जोगाउने अपेक्षासहित उनीहरु यसमा समावेश भइरहेका छन् । थाइल्याण्डले यसै महिना भाङको विषयमा आफ्नो नियममा थोरै परिवर्तन गरेको छ । थाइल्याण्ड एशियाको पहिलो यस्तो देश हो जहाँ भाङलाई अपराधको सूचीबाट हटाएको छ । तर भाङलाई कुनै अन्य तरिकाले सेवन गरेको पाइएमा कडा सजायको भने प्रावधान छ ।

कानुनमा नयाँ परिवर्तन गरिएपश्चात् थाइल्याण्डमा भाङ र गाँजाका उत्पादन र बिक्रीमाथि लागेको रोक हटेको छ । यसलाई औषधीमा पनि प्रयोग गर्न अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै